Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

बामदेवलाई सरकारमा लाँदा संविधान बाधक बन्न सक्ने:प्रधानमन्त्री

Monday, September 21, 2020 National Power

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको आइतबार बसेको सचिवालय बैठकमा उपाध्यक्ष बामदेव गौतमको सरकारमा सहभागी हुने विषयमाथि समेत बहस भयो । गौतमलाई सरकारमा लानुपर्ने पक्षमा सचिवालयका ७ जना स्पष्ट देखिए । तर, बामदेवलाई सरकारमा लान खोजिए आउने संवैधानिक जटिलताको विषय उठ्यो ।

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेवलाई सरकारमा लाँदा संविधान बाधक बन्न सक्ने विषय औल्याएको विश्वस्त स्रोतले बताएको छ । ओलीले बामदेवलाई सरकारमा लान आफू तयार रहेको र संविधानमा तत्कालको प्रधिनिधिसभा चुनावमा पराजित व्यक्ति सोही प्रतिनिधिसभा अवधिभर मन्त्री बन्न नसक्ने बुँदा अवरोध बन्ने विषय औल्याएका थिए । अर्का सचिवालय सदस्य इश्वर पोखरेलले पनि त्यही विषय उठाएको बुझिएको छ ।

तर, अर्का अध्यक्ष प्रचण्डको धारणा फरक रहेको थियो । उनले बामदेवलाई सरकारमा लानुपर्ने विषय राखे । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पनि बामदेवलाई सरकारमा लान मिल्ने तर्क गरे । सचिवालयका अन्य सातजनाले यसो भनेपछि बामदेवको सरकारमा सहभागी हुने विषय नेकपा सचिवालय बैठकमा बहसकै विषय बन्यो ।

बामदेवको सरकारमा सहभागिताको पक्षमा उनीसहित सचिवालयका सातजना रहेपनि संवैधानिक जटिलताको विषय भने छँदैछ । संविधानमा स्पष्ट लेखिएको विषयमा बामदेवमाथि चुनौती भने बन्न सक्छ । प्रधानमन्त्री ओलीले पनि बामदेवलाई सरकारमा लान चाहेको तर संविधानको विषय देखाएकाले यो विषय गम्भीर बन्ने छाँटकाँट देखिएको छ ।