Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

लिदी पहिरो पीडितलाई एनआरएनए नेदरल्याण्डसको सहयोग

Sunday, September 13, 2020 National Power

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) नेदरल्याण्ड्सले सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ स्थित लिदीका पहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ ।

एनआरएनए राष्ट्रिय समन्वय परिषद्(एनसीसी) नेदरल्याण्ड्सले संकलन गरी पठाएको २ लाख १८ हजार ५२६ रुपैयाँ पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर संघका आईसीसी उपाध्यक्ष सोनाम लामाले हस्तान्तरण गरेका हुन् ।

उपाध्यक्ष लामाले सोही वडाका वडाध्यक्ष प्रताप लामालाई चेक हस्तान्तरण गरेका हुन् । यो रकम सिन्धुपाल्चोक निवासी सीता सापकोटाको पहलमा संकलन गरिएको थियो ।

कार्यक्रममा एनआरएनएको तर्फबाट बहराइनका पूर्वअध्यक्ष तथा एनआरएनए लाप्राक प्रोजेक्टका सहसंयोजक श्याम तामाङले पीडितहरुको जीवीकोपार्जनका लागि यो रकम सहयोग गरिएको बताए ।

संघले यसअघि पनि यही ठाउँमा आएर ५ लाख सहयोग गरेको बताउँदै उपाध्यक्ष लामाले उक्त सहयोग तत्काल पीडितहरुको आवश्यकताअनुसार खर्च गर्न पनि आग्रह गरे ।

वडाका वडाध्यक्ष प्रताप लामाले नेदरल्याण्ड्सबाट सहयोग रकम संकलन गरी पठाउने सबैलाई धन्यवाद दिए ।

जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन् । पहिरोले ३९ घरमा पूर्णरुपमा क्षति पुर्‍याउँदा १६७ भन्दा बढी मानीसहरु प्रभावीत भएका छन् ।