Sunday 8th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

पार्टीका विरोधीलाई छिन्नभिन्न पार्दै ओलीले यसरी मारे बाजी

Saturday, September 12, 2020 National Power

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पार्टी र सरकार दुवैमा झन् बलियो भएका छन् । हिजो नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठकमा बोल्दै ओलीले देशी विदेशी षड्यन्त्रबाट पार्टी फुटबाट जोगिएको भन्दै केही बेर बोलेर बाहिरिएका थिए । बैठकको अध्यक्षता गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भनेर ओली बाहिरिनु अर्थपूर्ण थियो ।

ओलीले प्रचण्डलाई पार्टीको सम्पूर्ण जिम्मेवारी दिएको सन्देश दिए । साथै आफू पूर्ण रुपमा सरकार सञ्चालनमा केन्द्रित हुने संकेत पनि गरे । स्थायी कमिटी बैठक अध्यक्षद्वयको प्रस्ताव पारित गर्नका लागि औपचारिकता मात्र बन्यो । पाँच घन्टामै बैठक सकियो । प्रस्ताव पारित भयो ।
अध्यक्षद्वयले प्रस्तुत गरेको १५ बुँदे प्रस्तावमा ओली पूर्ण कार्यकाल प्रधानमन्त्री बन्ने देखि केही थाती रहेका विवादास्पत विषय समाधान गर्ने समेत थियो । विशेषगरी अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गर्ने विषय पनि थियो । अब केही विषय संशोधन गरेर भएपनि एमसीसी पारित हुने संकेत देखिएको छ । यसमा ओलीको चाहना देखिएको छ ।

पार्टीभित्र आफूमाथि घेराबन्दी भइसक्दा ओलीले तोड्न सफल भए । उनले सचिवालयका छ जना हस्तीको घेरालाई तोड्न केही सदस्यहरुलाई महत्वपूर्ण पदको प्रस्ताव गरे । यसले पनि भुमिका खेल्यो ।प्रचण्डसँग केही राजनीतिक लेनदेन गरे । बामेदवलाई राष्ट्रियसभामा लगेर मन्त्री बनाउने प्रस्ताव गरेको बुझिएको छ । यसरी आफूलाई घेराबन्दी गर्ने समुहलाई छिन्नभिन्न पार्न सफल भए । अब ओलीको विरोधमा सचिवालयका माधवकुमार नेपाल एक्ला भएका छन् । यसरी ओलीले राजनीतिक बाजी मारे ।

हिजो पारित प्रस्तावमा पार्टीको पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताको बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा संगठनात्मक क्षेत्र, एकताको राष्ट्रिय अधिवेशन, सरकारको कामका सम्बन्धमा, संसदीय दलको भुमिकालाई प्रभावकारी बनाउने, प्रदेश सरकार र स्थानीय निकायको भूमिका प्रभावकारी बनाउने, नेपालको सीमा समस्या र समाधान, कोभिड १९ को महामारीको राकथाम, प्राकृतिक प्रकोप, शान्ति प्रक्रियाको बाँकी काम, प्रतिष्ठानहरुको व्यवस्थापन र एमसीसीको विषय छन् । १५ बुँदे प्रस्ताव पारित सँगै ओली झन् बलियो भएका छन् ।