Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

यातायात व्यवसायी र मजदुर नेतालाई मन्त्रीले भने : सरकारले राहत दिन सक्दैन

Friday, September 11, 2020 National Power

काठमाडौं – यातायात व्यवसायी र मजदुर संगठनका नेताहरुलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई भेटेर असोज १ गतेबाट यातायात चलाउने जानकारी दिएका छन् । अन्तर जिल्ला यातायात सञ्चालनमा भदौ ३२ गतेसम्म रोक लगाइएको छ । तर कोरोना संक्रमण नियन्त्रणमा आइनसकेकाले यो थप लम्बिने सम्भावना छ ।

त्यसबारे निर्णय गर्नुपूर्व दबाआ दिँदै आएका यातायात व्यवसायी र मजदुर संगठनका नेताहरुले शुक्रबार यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर चारबुँदे माग राखेका छन् ।

असोज १ गतेबाट अन्तर जिल्ला यातायात खुला गर्नुपर्ने, उपत्यकामा १६ सिटभन्दा कम क्षमताका सवारी पनि चलाउन पाउनुपर्ने, होल्डिङ सेन्टरमा भएको अनियमितताबारे छानविन गर्नुपर्ने र सवारीको आयु तोकेर दर्ता तथा नविकरण रोक्ने निर्णय खारेज गर्नुपर्ने उनीहरुको माग छ ।

सरकारको निर्णय मानेर ६ महिनादेखि गाडी थन्काएर बसेको, तर असोज १ बाट नमान्ने उनीहरुले बताएका छन् । जवाफमा मन्त्री नेम्वाङले पनि कि काम गर्न देऊ, नभए माम देऊ भन्ने माग जायज भएको बताएका छन् । ‘तर सरकार राहत दिनसक्ने अवस्थामा छैन भन्नुभयो’ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले भने ।

मन्त्री नेम्वाङले व्यक्तिगत रुपमा आफू पनि गाडी चलाउन दिनुपर्छ भन्नेमा रहेको भन्दै भनेका छन्, ‘गाडी चलाउने नचलाउने मैले मात्र भनेर हुँदैन, स्वास्थ्य मन्त्रालय र अर निकाय पनि छन् । चर म तपाईहरुको कुरा प्रधानमन्त्रीसम्म पुर्‍याउँछु ।’