Friday 6th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

नेपालकी प्रिन्शा बनिन गोल्ड प्रिन्सेस अफ द वल्ड २०२०स एकैसाथ दुई उपाधी, राखिन नेपालको नाम

Friday, September 4, 2020 National Power

काठमाण्डौं-गत बर्ष इजिप्टमा आयोजित अन्तराष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट शोमा मिनी मोडल वल्ड २०१९ु को क्राउन सँगै बेष्ट डान्सर अवार्ड जितेकी नेपालकी प्रिन्शा खड्काले यस पटक पनि त्यस्तै एउटा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा दुई वटा अन्तर्राष्ट्रिय अवार्ड जितेकी छिन ।

साउथ युरोपको बुल्गेरियामा अनलाइन मार्फत आयोजित प्रिन्स एण्ड प्रिन्सेस अफ द वल्ड २०२०ु मा नेपालको प्रतिनिधित्व गर्दै ७ वर्षिया प्रिन्शा खड्काले फस्ट प्लेस गोल्ड प्रिन्सेस अफ द वल्ड २०२०ु को उपाधी सँगै स्पेसियल अवार्ड अफ द फेस्टिवल अन्तर्गत प्रिन्सेस ओर्जिनालिटीु अवार्ड पनि जितेको आयोजक संस्था वल्ड फेस्टिवल फर ब्युटी ट्यालेन्ट एण्ड फेशनले घोषणा गरेको छ ।

विश्वका विभिन्न देशबाट करिव ५० भन्दा बढी बालबालिकाले अनलाइन मार्फत उक्त प्रतियोगितामा प्रतिष्पर्धा गरेका थिए । प्रत्योगीहरुको बिचमा आफ्नो उत्कृष्ट प्रस्तुती दिँदै प्रिन्शाले गोल्ड प्रिन्सेस अफ द वल्ड २०२०ु को ताज जितेकी हुन । त्यस्तै नेपालकै अर्की सहभागी सुप्रिया नगरकोटीले पनि सिल्भर प्रिन्सेस अफ द वल्ड २०२०ु जितेकी छिन । विश्वव्यापी कोभिद-१९ का कारण आवार्ड वितरण भने १७-२४ जुन २०२१ मा बुलगेरियामा गरिने आयोजक संस्थाले बताएको छ ।

रुकुमकी प्रिन्शा खड्काले यसअघि नेपालमा आयोजित क्विक्स मिनी लिटल च्याम्प नेपाल २०१९ु लगायत धेरै टाइटल जितिसकेकी छिन । हाल काठमाडौमा कक्षा दुईमा अध्ययनरत प्रिन्शा नृत्य तथा गायनमा पनि उत्तिकै अब्बल छिन । विलक्षण प्रतिभाकी धनी प्रिन्शाले नारायण रायमाझीको बहुचर्चित गित कारगिल भाग २ु म्युजिक भिडियोमा बाल कलाकारको रुपमा उत्कृष्ट अभिनय गरेकि छिन । यस्तै अन्य दर्जन बढि म्युजिक भिडियोहरुमा बाल कलाकारको रुपमा अभिनय गरेकी प्रिन्शाको अभिनय नि त्यतिकै निखारिएको छ ।

प्रिन्शाको सम्पुर्ण कला, सृजनाको व्यवस्थापन तथा निर्देशन देखि सबै कुरा आमा सामना देवकोटा र बुवा ऋषिरामले गरेका थिए भने कार्यक्रमको कोर्डिनेट मोर्निङ ग्लोरी इन्टरटेनमेन्टले गरेको थियो ।

विश्वभर बाट ८ जना जुरी मेम्बर रहेको उक्त प्रतियोगितामा नेपालवाट मोर्निंग ग्लोरी इन्टरटेनमेन्टकी संचालिका मोहना मोथे खनाल पनि ज्युरी टिममा थिइन । कार्यक्रमको लागी खड्काको इन्ट्रो भिडियोको स्क्रिप्ट निश्चल रावतले लेखेका थिए भने भिडियो छायांकन तथा सम्पादन मिराज अर्यालले गरेका थिए ।