Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

वीरलाई कोभिड अस्पताल बनाउने तयारी

Thursday, September 3, 2020 National Power

काठमाडौं – सरकारले वीर अस्पतालमा कोभिड-१९ संक्रमितको मात्र उपचार गर्ने तयारी गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री भानुभक्त ढकालसहित मन्त्रालयका उच्च अधिकारी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति, वीर अस्पतालका निर्देशकसहितको बैठकले वीरलाई कोभिड अस्पताल बनाउने टुंगो लगाएको हो ।

कोभिड-१९ का कारण वीरमा आउने बिरामीको संख्या कम भएको हुँदा त्यहाँ आउने बिरामीलाई राष्ट्रिय ट्रमा सेन्टरको एउटा तलाबाट सेवा दिने व्यवस्था मिलाउन लागेको अस्पतालका निर्देशक डा। केदार सेन्चुरीले बताए। उनले भने, ‘सरकारको निर्देशन अनुसार ननकोभिड बिरामीलाई ट्रमा सेन्टरमा सिफ्ट गर्ने तयारी भइरहेको छ ।’

नेपालकै पुरानो वीर अस्पताल देशभरमा धेरै बिरामीको उपचार गर्ने अस्पतालमा पर्छ । कम खर्चमा सबैजसो रोगको उपचार हुने भएकाले सर्वसाधारणको चाप यहाँ बढी छ ।

पछिल्लो समय कोरोना भाइरस महामारीको समयमा पनि वीर अस्पतालबाट सर्वसाधारण बिरामीले उपचार लिइरहेका थिए । तर केही दिनयता अस्पतालका स्वास्थ्यकर्मीमा संक्रमण बढेपछि बहिरंग सेवा भने बुधबार र बिहीबार बन्द गरिएको छ ।

हाल वीर अस्पतालका चिकित्सक, नर्स स्वास्थ्यकर्मी तथा कर्मचारी गरी ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरका अधिकांश कर्मचारी आइसोलेसनमा बसेका छन् ।