Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

विश्वभर एक करोड ८४ लाखले जिते कारोना, आठ लाख ६७ हजार बढीले ज्यान गुमाए

Thursday, September 3, 2020 National Power

काठमाडौं- विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ६१ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ६१ लाख ७७ हजार एक सय ११ नाघेको छ ।

आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख ६७ हजार तीन सय ४६ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ८४ लाख ४२ हजार एक सय ७५ नाघेको छ ।

गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित छ।

हालसम्म अमेरिकामा कोरोनाबाट एक लाख ८९ हजार नौ सय ६४, ब्राजिलमा एक लाख २३ हजार आठ सय ९९, भारतमा ६७ हजार चार सय ८६, मेक्सिकोमा ६५ हजार आठ सय १६ जनाले ज्यान गुमाएका छन् । नेपालमा हाल सम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई सय ५१ जना नाघेको छ ।