Sunday 8th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

सुशान्तको न्यायको लागि अष्ट्रेलिया र लन्डनमा गुञ्जियो आवाज

Tuesday, September 1, 2020 National Power

मुम्बई – अभिनेता सुशान्त सिंह राजपुतको न्यायका लागि भारतका अलवा विभिन्न देशबाट पनि आवाज उठ्न थालेको छ । हालै लन्डनमा एक ट्रकमा सुशान्तको तस्बिर लगाएर न्यायको आवाज उठाइएको छ । केहीदिन पहिले यस्तै माग अमेरिकाको क्यालिफोनर्नियामा पनि देखिएको थियो । अमेरिकापछि अष्ट्रेलियाको ७ बिलबोड्र्समा पनि यस्तै आवाज देखिएको छ ।

अहिले लन्डनमा पनि उनको न्यायका मागहरु उठिरहेका छन् । सुशान्तकी बहिनी श्वेताले न्यायका लागि आवाज उठेको ट्रकको फोटो र भिडियो इस्टाग्रामबाट शेयर समेत गरेकी छन् । जसमा उनले लेखेकी छन्– ‘लन्डनमा पनि सुशान्तको न्याय माग गर्दै आवाज उठ्यो ।’

गत १४ जुनमा सुशान्तको मृत्यु भएको थियो । उनको मृत्यको करिब तीन महिना हुन लाग्दा पनि यो केस अझै सुल्झिएको छैन । हरेक दिन यो केससँग जोडिएर नयाँ नयाँ खुलासा हुने गरेका छन् । सिबिआइले समेत यस बिषयमा अनुसन्धान गरिरहेको छ । अहिलेसम्म यो केसमा सुशान्तकी प्रेमिका रियाको अलवा उनका भाई शौविक, निजी स्टाफ नीरज सिंह, दीपेश सावन्तलगायतलाई सोधपुछ गरिएको छ ।