Sunday 8th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

चीनमा कोभिड-१९ को चार प्रकारका भ्याक्सिन तेस्रो चरणको परीक्षणमा

Sunday, August 30, 2020 National Power

काठमाडौं- चीनमा कोरोना भाइरसविरुद्धको चार प्रकारको भ्याक्सिनको तेस्रो चरणको परीक्षण शुरु भएको छ । जसमध्ये केहीको परीक्षण सेप्टेम्बरको शुरुमै सकिने भएको छ । चिनियाँ पत्रिका ग्लोबल टाइम्सले कोभिड १९ विरुद्धको स्टेट काउन्सिललाई उदृत गर्दै चार प्रकारका भ्याक्सिनको परीक्षण शुरु भइसकेको जनाएको हो । हजारौं मानिसहरुमाथि परीक्षण गरिने समेत जनाइएको छ ।

चीनमा विकास भइरहेको दुईवटा भ्याक्सिन तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि विभिन्न देशमा परीक्षण गर्न अनुमोदन भइसकेको छ । चाइना नेस्नल बायोटेक ग्रुपको तेस्रो चरणको परीक्षण मध्यपूर्व, दक्षिण अमेरिकालगायतका विभिन्न देशका ३० हजारभन्दा बढी मानिसमा परीक्षण गर्न अनुमती दिइएको छ ।

यसैगरी चीनको सिनोभेक बायोटेक लिमिटेडको तेस्रो चरणको क्लिनिकल परीक्षण दक्षिण अमेरिका र दक्षिण पूर्वी एशियाका देशमा भइरहेको छ । भेक्टोरको पनि तेस्रो चरणको परीक्षण पनि भइरहेको छ ।