Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

बालबालिकामा कोरोनाको गम्भीर संक्रमण दुर्लभ, मृत्यु झनै दुलर्भ

Friday, August 28, 2020 National Power

काठमाडौं  – वयस्कभन्दा बालबालिका तथा किशोरहरुमा कोभिड–१९ को संक्रमण दुर्लभ भएको र यसबाट मृत्यु हुने सम्भावना झनै दुर्लभ भएको बेलायतमा गरिएको एक अनुसन्धानले बिहिबार बताएको छ । बेलायतका १ सय ३८ अस्पतालमा भर्ना भएका बिरामीमध्ये एक प्रतिशतभन्दा कम बालबालिका थिए र तीमध्ये एक प्रतिशतभन्दा कम वा ६ जना बालबालिकाको मात्रै मृत्यु भएको अनुसन्धानले देखाएको छ । मृत्यु भएकाहरु पनि पहिले नै कुनै रोगबाट ग्रस्त भएको बताइएको छ ।

‘हामी निश्चित रुपमा यो भन्न सक्छौं कि कोभिडले बालबालिकालाई खासै हानी पुर्याएको छैन,’ अनुसन्धानमा संलग्न बेलायतस्थित युनिभर्सिटी अफ लिभरपुलका प्राध्यापक माल्कोम सेम्पलले बताए ।

‘यो अनुसन्धानमार्फत् के पत्ता लागेको छ भने कोभिड–१९ ले भयानक संक्रमण गर्ने सम्भावना न्यून न अझ यसबाट मृत्यु हुने सम्भावना झनै कम छ । तसर्थ अभिभावकले आफ्नाा सन्तानलाई पुनः विद्यालय पठाउन त्यति विचलित हुनु पर्नेछैन ।’ विश्वव्यापी रुपमा हेर्ने हो भने कोरोनाभाइरस महामारीले बालबालिका तथा किशोरलाई १ देखि २ प्रतिशत मात्रै प्रभाव पारेको छ । संक्रमण देखिएका बालबालिकामा पनि कोहीमा हल्का लक्षण देखिएको छ भने कसैमा लक्षण नै देखिएको छैन । यसका कारण निकै थोरै मात्रै बालबालिकाको मृत्यु भएको छ ।

बीएमजे मेडिकल जर्नलमा प्रकाशित यो अनुसन्धानका लागि सेम्पलको समूहले जनवरी १७ देखि जुलाई ३ सम्म कोभिड–१९ द्वारा संक्रमित १९ वर्ष मुनिका ६ सय ५१ बालबालिका तथा किशोरहरुको अध्ययन गरेका थिए । –रोयटर्स