Friday 6th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

विरामीलाई गुर्जो वितरण, मुक्ति विष्टले गरे उदाहरणीय काम

Thursday, August 27, 2020 National Power

 बनेपा – काभ्रे बनेपाका एक यूवा निशुल्करुपमा गुर्जो वितरण गरिरहनुभएको छ । उहाँ केहि दिन अगाडि देखि वितरण गर्दै आउनु भएको छ अहिले वितरण कार्य लाई निरंतरता दिनु भएको छ ।

बनेपा जनगालका मुक्ति विष्टले विहिवार काभ्रेका सिडियो, प्रहरी र कोरोनाको उपचार गरी बनेपाको आइसुलेनमा बसेका विरामीलाई गरी १ सय ५० केजी गुर्जो वितरण गर्नु भएको हो ।

गुर्जो सेवनले मानिसहरुको रोगप्रतिरोधी क्षमता वृद्घि हुने थाँहा पाएसँगै आफू यस्तो अभियानमा लागेको उहाँले बताउनुभयो ।
विष्टले आज जिल्ला प्रशासन काभ्रेको कार्यालय धुलिखेलमा पुगी प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपत व्यवस्थापन प्रमुख श्रवणकुमार तिमल्सिनालाई ५ बोरा गुर्जो हस्तान्तरण गर्नुभएको हो ।

गुर्जो सेवनबाट विविध किसिमका रोगहरु निको हुने थाहा पाएसँगै आफूले जिल्लाका विविध क्षेत्रमा गुर्जो संकलन गरी वितरण गरिरहको विष्टले बताउनुभयो ।

आजै विष्टले बनेपा पोलिटेक्निक प्राबिधिक बिद्यालयमा बनेपा नपाको सहयोगमा स्थापना गरिएको आइसोलेसन वार्डमा मेडिकल प्रमुख डाक्टर शिशिर बन्जारा मार्फत आइसोलेसनमा राखिएका ७ जना बिमारी लागि करिव ५०केजी गुर्जो हस्तान्तरण गर्नुभएको छ ।

कोरोना नियन्त्रणका लागि पहिलो पक्तिमा खट्ने स्वास्थ्यकर्मी, प्रहरी, नेपाली सेना र राष्ट्रसेवक कर्मचारीहरु रहेको भन्दै आफूले उहाँहरुलाई गुर्जो उपलब्ध गराएको विष्टले बताउनुभयो ।