Friday 6th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

दुई करोड ४३ लाख संक्रमित मध्ये आठ लाख २९ हजार बढीको मृत्यु, झण्डै एक करोड ६९ लाखले जिते कोरोना

Thursday, August 27, 2020 National Power

काठमाडौं-विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ४३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ४३ लाख ३० हजार सात सय १९ पुगेको छ ।

त्यस्तै,विहिबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख २९ हजार ६ सय १९ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ६८ लाख ७२ हजार चार सय ९७ नाघेको छ । गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित छ।

त्यस्तै, आज विहानसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार चार सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म १९ हजार पाँच सय चार जनाले कोरोना जितेका छन भने एक सय ७५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।बुधबार मात्रै नेपालमा ११ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।