Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

६३४ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र २१६ जना

Saturday, August 22, 2020 National Power

काठमाडौं -पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् ।

यस्तै पर्साका ५९ जना, मोरङका ५२, सिराहाका ३५, मकवानपुरका ३२, सुनसरीका ३१, बाँकेका २८, चितवनका २७, रुपन्देहीका २३, झापाका १७, कास्कीका १६, कपिलवस्तुका १५, कैलालीका १४ र बाराका १० जनामा संक्रमण देखिएको छ ।

  1. बर्दियाका ७, सल्यानका ६, दोलखाका ४, भोजपुर, धनुषा, रौतहट, सप्तरी, काभ्रे, नवलपुर र नवलपरासीका ३÷३ जना, धादिङ, नुवाकोट, तनहुँ, जुम्ला र सुर्खेतका २/२ तथा इलाम, संखुवासभा, महोत्तरी, सर्लाही, सिन्धुली, बाग्लुङ, स्याङ्जा, पाल्पा, प्युठान, रोल्पा, डडेलधुरा र डोटीका १/१ जनामा संक्रमण देखिएको छ ।

यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । उनीहरुमध्ये १४६ जनाको मृत्यु भएको छ ।

यस्तै १८ हजार ३५० जना निको भइसकेका छन् भने १२ हजार ६२१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ८ हजार ७०५ संस्थागत र अरु होम आइसोलेसनमा छन् ।