Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

करिना कपुर दोस्रो पटक आमा बन्दै

Thursday, August 13, 2020 National Power

काठमाडौं -बलिउड नायक सैफ अली खान र नायिका करिना कपुर खानको परिवारमा चाँडै नै एक सदस्यको आगमन हुँदैछ । यस्तो खबर सोसल मिडिया अलि अगाडिदेखि नै चलिरहेको थियो तर अब उनको परिवार आफैंले यसबारे घोषणा गरेको छ । खान परिवारले बुधबार एक वक्तव्य जारी गर्दै भनेको छ, ‘हामी हाम्रो परिवारमा अर्को एक नयाँ सदस्यको पर्खाईमा छौं भनेर खबर सुनाउन पाउँदा निकै खुसी भएका छौं । हाम्रा शुभचिन्तकका माया र समर्थनका लागि सधैं आभारी छौं ।’

सैफ र करिनाले सन् २०१६ मा आफ्नो पहिलो सन्तान तैमुर अली खानलाई जन्म दिइसकेका छन् । सन् २०१८ मा करिनालाई दोस्रो सन्तान कहिले त भनेर प्रश्न सोध्दा, ‘अझै दुई वर्ष’ भनेकी थिइन् । स्मरण रहोस्, करिना कपुर खान सैफ अली खानकी दोस्री श्रीमती हुन् । सैफकी पहिलो श्रीमती अमृतासँग उनका दुई सन्तान ९सारा अली खान र इब्राहिम अली खान० छन् ।