Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

करिना कपुर दोस्रो पटक आमा बन्दै

Thursday, August 13, 2020 National Power

काठमाडौं -बलिउड नायक सैफ अली खान र नायिका करिना कपुर खानको परिवारमा चाँडै नै एक सदस्यको आगमन हुँदैछ । यस्तो खबर सोसल मिडिया अलि अगाडिदेखि नै चलिरहेको थियो तर अब उनको परिवार आफैंले यसबारे घोषणा गरेको छ । खान परिवारले बुधबार एक वक्तव्य जारी गर्दै भनेको छ, ‘हामी हाम्रो परिवारमा अर्को एक नयाँ सदस्यको पर्खाईमा छौं भनेर खबर सुनाउन पाउँदा निकै खुसी भएका छौं । हाम्रा शुभचिन्तकका माया र समर्थनका लागि सधैं आभारी छौं ।’

सैफ र करिनाले सन् २०१६ मा आफ्नो पहिलो सन्तान तैमुर अली खानलाई जन्म दिइसकेका छन् । सन् २०१८ मा करिनालाई दोस्रो सन्तान कहिले त भनेर प्रश्न सोध्दा, ‘अझै दुई वर्ष’ भनेकी थिइन् । स्मरण रहोस्, करिना कपुर खान सैफ अली खानकी दोस्री श्रीमती हुन् । सैफकी पहिलो श्रीमती अमृतासँग उनका दुई सन्तान ९सारा अली खान र इब्राहिम अली खान० छन् ।