Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

कोरोनाबाट २४ घन्टामा ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो

Wednesday, August 12, 2020 National Power

काठमाडौँ — नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ८ जना को मृत्यु भएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार औपचारिक रुपमा पुष्टि गरेको हो ।

ललितपुरस्थित किस्ट अस्पतालमा उपचाररत काठमाडौंको टेकुकी ७८ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । साउन २६ गतेदेखि किस्ट अस्पतालमा उपचाररत उनी मधुमेह, रक्तचापका समस्याबाट पीडित थिइन् ।

त्यसैगरी धादिङ निलकण्ठ नगरपालिका १४ निवासी ३२ वर्षीय पुरुषको साउन २७ गते ह्याम्स अस्पतालमा मृत्यु भएको छ । उनी क्षयरोगी थिए । २७ गते कोरोना पुष्टि भएका उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका १ निवासी ७१ वर्ष पुरुषको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु साउन २८ गते मृत्यु भएको हो । उनलाई साउन ७ गते कोरोना पुष्टि भएको थियो ।

त्यसैगरी साउन १८ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेकी धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका ८ की ३८ वर्षीया महिलाको कोरोना संक्रमणबाट साउन २८ गते मृत्यु भएको हो । उनलाई साउन १८ गते कोरोना पुष्टि भएको थियो । त्यसका साथै सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका ८ घर भएका ७२ वर्षीय पुरुषको साउन २७ गते मृत्यु भएको छ । उनी ४ दिनअघि ज्वरो आएर स्वाब संकलन गर्दा साउन २७ गते कोरोना पुष्टि भएको थियो । उनी थाइरोड तथा मधुमेहका तथा मुटुरोगी थिए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाा क्रममा मोरङ बुढीगंगा गाउँपालिका–२ का ५५ वर्षीय पुरुषको साउन २८ गते कोरोना संक्रमणबाट मृत्यु भएको हो । ज्वरो खोकी र स्वासप्रश्वासमा समस्या आएपछि उनलाई साउन २६ गते प्रतिष्ठानमा उपचारका लागि ल्याइएको थियो ।

त्यसैगरी कपिलवस्तु नगरपालिका २ तौलिहवा निवासी ४२ वर्षीय पुरुषको साउन २८ गते कोरोनाका कारण मृत्यु भएको हो । ज्वरो तथा निमोनिया भइ उनी साउन २५ गते बुटवलको कोरोना विशेष अस्पताल भर्ना भएका थिए । उनमा साउन २७ गते कोरोना पुष्टि भएको थियो ।

बारा जिल्ला कलैया उपमहानगरपालिका निवासी ७५ वर्षीय पुरुषको साउन २८ गते किष्ट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । उनी साउन २६ गते अस्पताल भर्ना भएका थिए । साउन २८ गते कोरोना पुष्टि भएका उनी मिर्गौला तथा दमका रोगी थिए । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।