Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

रियाको बयान–‘सुशान्तको परिवारले मलाई फसाउन खोज्दैछन्’

Sunday, August 2, 2020 National Power

नायिका रिया चक्रवर्तीले भारतको सर्वोच्च अदालतमा निवेदन दिदै आफूलाई नायक सुशान्त सिंह राजपुतको परिवारले फसाउन खोजेको बताएकी छिन् । सुशान्तका पिताले पटना प्रहरीमा दर्ता गरेको एफआइआरमा रियाले सुशान्तलाई मृत्युको मुखमा पुर्याएको उल्लेख गरिएको छ । तर, रियाले भने आफूमाथि लागेको सबै आरोप झुटो भएको बताएकी हुन् ।

भारतीय मिडियाका अनुसार, रियाले एक बर्षदेखि आफू र सुशान्त लिभिङ टूगेदरमा रहेको उल्लेख गरेकी छिन् । तर, उनले सुशान्तको निधनमा आफ्नो कुनै पनि हात नभएको बताएकी छिन् ।

रियाका अनुसार, उनले जुन ८ तारिखमा सुशान्तको अपार्टमेन्ट छाडेकी थिइन् । सुशान्त डिप्रेशनमा जुधिरहेकाले पनि आफूले अपार्टमेन्ट छाडेको उनले बताएकी छिन् । उनका अनुसार, सुशान्तले सो समयमा डिप्रेशनको औषधी पनि खाइरहेका थिए । रियाले सुशान्त सिंहको घटनाको छानबिन मुम्बइमा हुनुपर्ने माग समेत सर्वोच्चमा गरेकी छिन् ।

तर, रियाको भनाइलाई सुशान्तकी पूर्व प्रेमिका अंकिता लोखन्डेले अस्विकार गरेकी छिन् । सुशान्तले आफ्नो भविष्यको योजना बनाइरहेकाले पनि उनी डिप्रेशनमा नभएको अंकिताको तर्क छ । अंकिताले एक भारतीय टेलिभिजनमा दिएको बयान अनुसार, सुशान्त साना–साना कुरामा खुशी खोज्ने गर्दथ्य ।

अंकिताले प्रश्न गरेकी छिन्–‘उनी अभिनय बाहेक अरु धेरै कामहरु गर्न चाहन्थे, यसैले यस्तो मानिस कसरी डिप्रेशनमा जान सक्छ रु’