Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

पर्यटन, पर्वातारोहण तथा ट्रेकिङ व्यवसाय समेत खुल्ला भएपछि हिमाली  क्षेत्रका होटलहरु समेत खुल्न थाले

Monday, July 27, 2020 National Power

काठमाडौं –  लामो समयको बन्दाबन्दीपछि नेपाली पर्यटन तथा होटल व्यवसायले पुनर्जीवन पाउँदैछ । सरकारले गत मंगलबारदेखि १२० दिन लामो लकडाउन तोड्दै निकट भविष्यमै पर्यटन, होटल तथा हवाई सेवा समेत खुल्ला गर्ने निर्णय गरेसँगै पर्यटन क्षेत्रले केही राहत महसुस गरेको छ । सोमबारको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै मंगलबार सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री डा।युवराज खतिवडाले श्रावण १५ गतेदेखि सबै खाले होटल, रेष्टुरेन्ट तथा ट्रेकिङ व्यवसायहरु खुल्ला गर्ने घोषणा गरेका थिए । त्यस्तै सरकारले भाद्र १ गतेदेखि नै लागू हुनेगरी लामो तथा छोटो दुरीका सार्वजनिक यातायात र हवाई सेवा समेत खुल्ला गर्ने निर्णय गरेको थियो । हवाई सेवातर्फ सरकारले भाद्र १ गतेदेखि लागू हुनेगरी आन्तरिक (डोमेष्टिक) र बाह्य (अन्तर्राष्ट्रिय) दुबै तर्फका व्यवसायिक उडानसमेत खुल्ला गर्ने निर्णय गरेको छ ।

पर्यटन व्यवसायसँग जोडिएको महत्त्वपूर्ण यातायात तथा हवाई सेवा क्षेत्रसमेत खुल्ला हुने भएपछि यतिखेर पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । लामो समयसम्म व्यवसाय बन्द रहे पनि अब भने व्यवसायले गति लिनेमा व्यवसायीहरु आशावादी छन् । त्यसो त लकडाउन खुल्ला भएको भोलिपल्टैबाट केही साना तथा मझौला होटल, रेष्टुरेन्ट तथा पार्टी प्यालेसहरु व्यवसायमा फर्किसकेका छन् भने, बाँकी ठूला व्यवसायीहरु समेत यतिखेर व्यवसायमा फर्कने कसरतमा देखिन्छन् ।

यद्यपि, करिब ४ महिना लामो बन्दाबन्दीपछि भर्खरभर्खर मात्र खुल्ला भएको व्यवसायले एकैपटक गति लिनेमा भने व्यसायीहरु ढुक्क छैनन् । त्यसैले दौडपूर्वको तयारीमा रहेका खेलाडीजस्तै यतिखेर व्यवसायीहरुले होटल व्यवसायलाई पर्ख र हेरको अवस्थामा ‘अन योर्स मार्क, गेट सेट, रेडी।।।।गो’ को अवस्था ठानेका छन् ।

यतिखेर नेपाली होटल, पर्यटन व्यवसाय कुदिसकेको अवस्था होइन । बरु ढलेको व्यवसाय उठेर कुद्ने तरखरमा रहेको अवस्था हो । अहिले व्यवसायीहरु जसोतसो उठेर कुद्ने प्रयत्नमा छन् । कोभिड–१९को मारले थलिएको व्यवसायलाई पुनर्ताजकी बनाउन व्यवसायीहरु लागिपरेका छन् । पर्यटन तथा होटल व्यवसाय सम्बद्ध विभिन्न संघ संगठनहरुले आफ्नो संगठनमा आवद्ध व्यवसायीहरुलाई व्यवसाय खोल्न आह्वान गरिसकेका छन् । गत शनिबारमात्र पश्चिमाञ्चल होटल संघ पोखराले पोखरा क्षेत्रका सबै होटल तथा रेष्टुरेन्ट सञ्चालनका लागि पूर्वतयारीमा जुट्न व्यवसायीहरुलाई आग्रह गरेको छ ।

संघका तर्फबाट अध्यक्ष विकल तुलाचनले विज्ञप्ति जारी गर्दै बन्दाबन्दीले लामो समय बन्द रहेका होटल व्यवसायलाई पूर्ववत् रुपमा सञ्चालनको तयारी गर्न आग्रह गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान अवस्थाले पर्यटकहरुको आगमनमा शून्य रहेको हुँदा यो समयलाई सदुपयोग गर्दै प्रमुख पर्यटकीय सिजनलाई लक्षित गरी त्यस समयमा आगमन हुने पाहुनालाई भयरहित वातावरणको सुनिश्चितता गर्न आग्रह गरिन्छ ।’

कोभिड–१९ को संक्रमण जारी रहेकै बेला लकडाउन खुल्ला गरेको अवस्थामा विषम परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षाको मापदण्ड९प्रोटोकल०को अवलम्वन गर्दै क्रमिकरुपमा व्यवसाय सुचारु गर्न र पर्यटन क्षेत्रमा सुविधा पु¥याउन सबै व्यवसायीलाई संघले आग्रह गरेको छ ।

सुरक्षित र सौहाद्र्रपूर्ण आतिथ्यता प्रदान गर्न संघले होटल प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुलाई होटल सञ्चालन कार्यविधि (प्रोटकल) अनुरुप तालीम प्रदान गर्ने, सुरक्षा सावधानीका सामग्री खरिदमा सहजीकरण गर्ने लगायतका आवश्यक आन्तरिक तयारीमा जुट्नसमेत संघले आग्रह गरेको छ ।

यता, सौराहाका पर्यटन होटल व्यवसायीहरुले पनि व्यवसाय सुरुवातको गृहकार्य सुरु गरिसकेका छन् । कोभिड–१९ सँगै सरकारले आह्वान गरेको लकडाउनका कारण बन्द रहेका होटल व्यवसाय सरकारी निर्णयसँगै साउन १५ देखिनै खोल्ने व्यवसायीको तयारी छ । सौराहाकै एक प्रसिद्ध होटल ‘होटल रोयल सफारी’ सरकारी निर्णय मुताविक नै ३१ जुलाई अर्थात् साउन १६ गतेदेखि खोल्ने तयारीमा रहेको होटल व्यवस्थापक दिलिप मालीले जानकारी दिए । यता, पर्यटन, पर्वातारोहण तथा ट्रेकिङ व्यवसाय समेत खुल्ला भएपछि हिमाली तथा पदमार्ग क्षेत्रका होटलहरु समेत खुल्न थालेका छन् । कोभिड–१९ को प्रकोपसँगै बन्द भएका नाम्चे, सोलुखुम्बु, कालिन्चोक र यता अन्नपूर्ण संरक्षित क्षेत्र पुनहिल घोडेपानी क्षेत्रका होटलहरु समेत खुल्न थालेका छन् ।

कोभिड–१९ कै बीच सरकारले लकडाउन खोल्ने निर्णय गरेसँगै आन्तरिक र बाह्य दुबै तर्फका हवाई उडान समेत खुल्ला हुने भएपछि होटल व्यवसाय चल्ने होटल एसोसिएसल अफ नेपाल (हान) को बुझाइ छ । होटल व्यवसाय मात्र नभएर सार्वजनिक यातायात र हवाई सेवा समेत खुल्ला गरेकाले ग्राहक(पहुना) लाग्ने हानका उपाध्यक्ष विनायक शाहले बताए । ‘हवाई सेवा खोल्ने निर्णयसँगै धेरथोर विदेशी तथा स्वदेशी पाहुँनाहरुको आउजाउँ हुन्छ । जसका लागि होटलको आवश्यकता पर्छ,’ उपाध्यक्ष शाहले भने, ‘त्यसैले पनि हामीले व्यवसाय सुरु गर्नैपर्छ । ठूलो रुपमा त व्यवसाय सञ्चालन नहोला । सामान्य रुपमा भएपनि व्यवसाय चलाउछौं ।’

अहिलेको अवस्था भनेको व्यवसाय पुनर्ताजकीको अवस्था रहेको उनको भनाइ छ । ‘व्यवसाय पुनस्र्थापनाका लागि भनेपनि हामीले व्यवसाय सुरु गर्नै पर्छ,’ उनले भने, ‘हामीसँग त्यो आँट छ । हामी व्यवसायमा पुनर्ताजकी ल्याउछौं, ल्याउन सक्छौं ।’ विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को स्वास्थ्य सुरक्षा सम्बन्धी प्रोटोकलमा टेकेर सरकारले जारी गरेको सुरक्षा प्रोटोकल अनुसार नै व्यवसाय संचालन गरिने हानका अध्यक्ष शाहको भनाइ छ ।

रातोपाटीबाट साभार