Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

बाजा बजाउदैको ५० लाखको केक खाए निर्देशक काजिश र गीतकार लोकराज अधिकारीले

Saturday, July 25, 2020 National Power

काठमाण्डौ – निर्देशक काजिशको निर्देशन, गीतकार लोकराज अधिकारीको रचना अर्जुन पोख्रेलको संगीत तथा संगीत संयोजन अनि अर्जुन पोख्रेल र सुजाता केसिको स्वर रहेको बाजा बजाउदै बोलको गीतले युट्युब मा ५ मिलियन प्लस भ्युज पाएको छ । यहि खुशीमा बिहिबार ५ मिलियनको केक काटिएको छ । यस्का कोरियो ग्राफर तथा भिडियो निर्देशक काजिश श्रेष्ठको जन्मदिनको अबसरमा उक्त केक काटिएको हो।

तीज गीतको छाँयाकन स्थल बालाजुमा अन्य कलाकारको साथमा गायिका के.सि. र निर्देशक श्रेष्ठले सामुहिक केक काटेका हुन । गीतको भिडियोमा सागर लम्साल( बले )र जुम्ल्याहा दिदिबहिनी प्रीज्मा र प्रीन्सी खतिवडा सङ्गै प्रदिप लिम्बू को अभिनय छ । अर्जुन तिवारीले खिचेको भिडियोलाई दिपक बिस्टले सम्पादन गरेका हुन । गीतकार अधिकारीको जन्मदिनको अबसर पारी चैतमा रिलिज गरेको गीतले निर्देशकको जन्मदिन आइ पुग्दाको चार महिनाको समयमा ५ मिलियन भन्दा बढिको भ्युज पाएको हो । गायिका के.सि.का अनुसार यहीँ समुहको बाजा बजाउदै दुई पनि बजारमा आउने तयारी छ ।