Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

अन्जु र कौशलको जुनी जुनी सार्वजनिक (भिडियो सहित)

Saturday, July 25, 2020 National Power

प्रेममय गीत जुनी जुनी रिलिज भएको छ । एरेञ्जर तथा संगीतकार मनोज चौलागाईले आफ्नै युट्यूव च्यानल ‘हाइ नोट’बाट उो गीत रिलिज गरेका छन् । गायिका अञ्जु पन्त र गायक कौशलराज खड्काको संयुक्त स्वर रहेको जुनी जुनीमा गायक खड्का आफै फिचरिङ समेत भएका छन् । साथै उनलाई ऋचा थापाले साथ दिएकी छिन् ।

गीतको शब्द हस्त गौतम मृदुलले लेखेका हुन् भने रेकर्डिष्ट राजेश श्रेष्ठ हुन् । किशोर थापाले मिक्सीङ तथा मास्टरीङ गरेका हुन् । ए वान म्यूजिसियनमा गीत रेकर्डिङ् तथा मास्टरिङ गरिएको हो ।

गीतको भिडियो निर्देशक सियोन श्रेष्ठ हुन् । धुलिखेलको रमणीय दृश्यमा छायंकन गरिएको गीतलाई मुकेश हुमागाइले छायांकन गरेका छन् । कविता तोलाङ्गीको श्रृंगार रहेको जुनी जुनीमा नविन निरौलाको रंग संयोजन तथा सम्पादन रहेको छ ।