Saturday 14th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

काठमाडौंमा ५ हजारको परीक्षण गर्दा एक जनामा पनि देखिएन कोरोना, समुदायमा नफैलिएको दाबी

Tuesday, July 21, 2020 National Power

काठमाडौं –  उपत्यकामा कोरोना भाइरस समुदायमा फैलिएको एकीन गर्न ५ हजार जनाको परीक्षण गर्दा एकजनामा पनि संक्रमण देखिएको छैन। इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले पाँच हजार जनाको परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको जानकारी दिए। महाशाखाले उपत्यकामा कोरोना संक्रमण समुदायमा कुन स्तरमा फैलिएको छ भनेर पत्ता लगाउन दुई वटा रणनीति तय गरेर परीक्षण गरेको थियो।

महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले सुरुमा १२ वटा ठाउँबाट १२ सय बढीको परीक्षण गरिएको र दोस्रो चरणमा ५ हजार जनाको परीक्षण गरिएको बताए। उनले तीन जिल्लालाई नै समेटेर १२ ठाउँको परीक्षण गर्दा जम्मा तीन जनामा संक्रमण देखिएको जनाए। यी मध्ये टोखा नगरपालिकाको हरियाली वस्तीका तीन जनामा मात्र संक्रमण देखियो। बाँकी सबै नतिजा नेगेटिभ आयो, उनले भने।

त्यसपछि दोस्रो चरणको रणनीति अनुसार महाशाखाले ५ हजार जनाको परीक्षण गर्ने गरी तयारी अघि बढायो। परीक्षणलाई वैज्ञानिक बनाउन भन्दै महाशाखाले निश्चित समूहहरूलाई लक्षित गरेर परीक्षण गर्‍यो। पौडेल भन्छन्, हामीले परीक्षण गरेको ५ हजारको समूहमा तरकारी पसल, दूध पसल, हजाम, बैंक, मालपोत, यातायात र पब्लिक क्न्ट्याक्ट बढी हुने ठाउँहरूको व्यक्ति हुनुहुन्छ। निर्देशक डा। पाण्डेले पनि ५ हजार जनाको परीक्षण गर्दा शून्य संक्रमित देखिएपछि यसले समुदायमा संक्रमण फैलिनसकेको बताए।