बनेपा – काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं ८ धाईटारको बिचको पौडेल टोलका ७६ घरधुरीमा एक घर एक धारा अन्तरगत खानेपानी सेवा विस्तार भएको छ ।
नेपाली कांग्रेस काभ्रेका उपसभापति अच्युतप्रसाद पौडेल, वडाअध्यक्ष झलकप्रसाद पौडेलको सकृयतामा खानेपानीको चरम अभाव झेल्दै आएका स्थानीयहरुको लागि खानेपानीको व्यवस्था स्वरुप एक घर एक धाराको अवधारणा आएको हो ।
श्री भवानी खानेपानी तथा सरसफाई आयोजनाले २०६० सालवाट काम सुरु गरेर २०६१ सालवाट खानेपानी वितरण भएपनि व्यवस्थापन हुन नसक्दा खानेपानीको विस्तार राम्रोसँग हुन सकेको थिएन ।
२०७२ सालको भुकम्पको कारणले खानेपानी क्षती भएसँगै मिष्टर वाटसनले धुलिखेल अस्पताल मार्फत १९ लाख ६७ हजार र वडा कार्यालय मार्फत एक लाख ६७ हजार रुपिया विनियोजन भएको थियो । सो कार्यमा सुरुदेखिनै स्थानीय नागरिकहरुले श्रमदान गरेका थिए ।
सो एक घर एक धारा कार्यमा न्यूनतम रकम तोक्न उपभोक्ता समितिको बैठब बस्ने निर्णय समेत भएको छ । सो धारा केही दिनमै आधिकारिक उद्घाटन गर्ने कार्यक्रम रहेको समितिका अध्यक्ष सुर्दशन पौडेलले जानकारी दिनुभयो ।