अरबिन्द्र गौतम / बनेपा
काभ्रेपलान्चोक – नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्म जयन्तिको अवसरमा नेविसंघले आज वृक्षरोपणको कार्यक्रम काभ्रेमा सम्पन्न गरेको छ ।
काभ्रे क्षेत्र नं १ ले आयोजना गरेको कार्यक्रममा नमोबुद्ध नगरपालिका स्थित नव निर्मित क्षेत्रीय भवन परिसरमा वृक्षरोपण गरीएको काभ्रे जिल्ला सचिव दिनेश लामाले जानकारी दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका संघिय सभापति तथा पूर्व सभासद तिर्थ लामा, जिल्ला सचिव दिनेश लामा, काभ्रे जिल्ला प्रचार बिभाग प्रमुख रबिन्द्र सिक्देल , वागमति प्रदेश ‘ख’ का सभापति रमेश हुमागाईँ, पार्टी कार्यकर्ता लगायतको सहभागिता रहेको नेपाली कांग्रेस काभ्रे जिल्ला प्रचार बिभाग प्रमुख रबिन्द्र सिक्देलले राम्रो सन्देश डटकम लाई जानकारी दिए ।
