Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

नेकपामा एमसीसी विवाद पेचिलो बन्यो, आज अपरान्ह ४ बजे बस्ने बैठकमा एमसीसी बारे निर्णय गरिने

Tuesday, June 9, 2020 National Power

काठमाडौ – नेकपा पार्टीभित्र अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे टुंगो लागेको छैन । प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी संसदबाट पारित गराउन चाहिरेका छन् तर उनीइतरको समुह विरुद्धमा छ । यसबारे आज सचिवालय बैठक निर्णायक बन्न सक्ने बुझिएको छ ।

ओलीले हिजो अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा एमसीसीको विषयमा कसरी टुंगोमा पुग्नेबारे छलफल गरेका थिए । तर, यसबारे कुनै सहमति बन्न सकेन । आज अपरान्ह ४ बजे बस्ने बैठकको एजेन्डा नयाँ नक्शा समावेश भएको निशान छाप र एमसीसी हुनेछ । निशान छापमा कसैको विमति छैन । संसदबाट कहिले दुई तिहाईले पारित गर्ने भन्नेमात्र हो । तर, मुख्य विषय एमसीसी बनेर आएको छ ।

एमसीसी सम्झौता १५ असारभित्र संसदबाट पारित गरिसक्नुपर्ने छ । नभए सहयोग फिर्ता जान्छ । जेठको २७ भइसक्दा नेकपाभित्र यो पारित गर्ने नगर्ने टुगो लागेको छैन । सम्झौताका कतिपय बुँदा विवादास्पद भएकाले पारित गर्न नदिन नेकपाभित्र प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ सक्रियताका साथ लागेका छन् । प्रधानमन्त्री ओली र ईश्वर पोखरेल पारित गर्नुपर्ने पक्षमा छन् । महासचिव विष्णु पौडेल र सरकारमा गृहमन्त्री रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल बीचको लाइनमा छन् ।

सचिवालयमा कुरा नमिले ओली संसदीय दलबाट टुंगो लगाउने पक्षमा छन् । संसदीय दलमा उनको बहुमत रहेको दाबी छ । यसले झनै विवाद ल्याउन सक्छ । सकभर पार्टी सचिवालय र स्थायी कमिटिबाट निर्णय गराउने नभए संसदीय दलबाट गर्ने ओलीको तयारी छ । सिधै संसदमा निर्णयार्थ प्रस्तुत गर्ने सम्मको रणनीति बनाएर ओली बढेका छन् । यसले नेकपाभित्रको विवाद पेचिलो बन्दै गएको छ ।

एमसीसी पारित होस् या नहोस् नेकपामा सहमति नगरी जाँदा पार्टी विभाजनसम्मको खतराहरु औल्याइएको छ । त्यसैले सहमतिका साथ जानुपर्नेमा अधिकांश नेताहरुको जोडबल छ । बीचको बाटोमा जानुपर्ने भन्दै केही नेताहरु कुरा मिलाउन लागेका छन् ।

source : #Reporters Nepal #