काठमाडौं – डोटेली भाषाको चलचित्र ‘नन्दी’ मा समावेश गरिएको डेउडा गीत ‘साईबउ’ बोलको गीत सार्वजनिक भएको छ । गीतलाई नेपाल आइडल रवि ओड र चर्चित गायिका सरु गौतमले स्वर दिएका छन । सार्वजनिक भएसँगै गीतलाई दर्शक श्रोताको रोजाईमा पर्दै गएको छ त्यस्तै युट्युवमा सकारात्मक सकारात्मक पाइरहेको छ ।
सिएस फिल्मस् प्रालिको व्यानरमा बनेको डोटेली भाषाको चलचित्र नन्दीमा रहेको गीतमा अविनाश थापाको शब्द तथा भीम बिसीको संगीत रहेको छ । गीतको निर्देशन भने जनक कुँवर र राज पाठकले गरेका हुन्।
नन्दी चलचित्रका निर्माता तथा सुदूर पश्चिमका चर्चित नायक विनोद बोहरा ‘बोग्टानी किङ’, नायिका एसिला चाडको चलचित्रमा मुख्य भूमिकामा छ । गीत दिपायलको एतिहासिक तथा पुरातात्विक स्थलका रुपमा रहेको दिल्पेश्वर मठमा छायाङ्कन गरिएको हो ।
बुढासुब्बा डिजिटल म्युजिक प्रालीको युबट्युब च्यानल मार्फत सार्वजनिक भएको उक्त गीतमा सुदुरपश्चिम क्षेत्रको भाषा, संस्कृति, भेषभुषा र सुदुरपश्चिम क्षेत्रको रमणीय पर्यटकीय क्षेत्र बिचको पारस्परीक सम्बन्धलाई उक्त गीत मार्फत देखाएको निर्माता एबम नायक बोक्टानी किङ्ले बताए ।