Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

डोटेली भाषाको चलचित्र नन्दीको “साईबउ” बोलको गीत सार्वजनिक

Saturday, June 6, 2020 National Power

काठमाडौं – डोटेली भाषाको चलचित्र ‘नन्दी’ मा समावेश गरिएको डेउडा गीत ‘साईबउ’ बोलको गीत सार्वजनिक भएको छ । गीतलाई नेपाल आइडल रवि ओड र चर्चित गायिका सरु गौतमले स्वर दिएका छन । सार्वजनिक भएसँगै गीतलाई दर्शक श्रोताको रोजाईमा पर्दै गएको छ त्यस्तै युट्युवमा सकारात्मक सकारात्मक पाइरहेको छ ।

सिएस फिल्मस् प्रालिको व्यानरमा बनेको डोटेली भाषाको चलचित्र नन्दीमा रहेको गीतमा अविनाश थापाको शब्द तथा भीम बिसीको संगीत रहेको छ । गीतको निर्देशन भने जनक कुँवर र राज पाठकले गरेका हुन्।

नन्दी चलचित्रका निर्माता तथा सुदूर पश्चिमका चर्चित नायक विनोद बोहरा ‘बोग्टानी किङ’, नायिका एसिला चाडको चलचित्रमा मुख्य भूमिकामा छ । गीत दिपायलको एतिहासिक तथा पुरातात्विक स्थलका रुपमा रहेको दिल्पेश्वर मठमा छायाङ्कन गरिएको हो ।

बुढासुब्बा डिजिटल म्युजिक प्रालीको युबट्युब च्यानल मार्फत सार्वजनिक भएको उक्त गीतमा सुदुरपश्चिम क्षेत्रको भाषा, संस्कृति, भेषभुषा र सुदुरपश्चिम क्षेत्रको रमणीय पर्यटकीय क्षेत्र बिचको पारस्परीक सम्बन्धलाई उक्त गीत मार्फत देखाएको निर्माता एबम नायक बोक्टानी किङ्ले बताए ।