Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

नारायणी अस्पतालबाट ९ जना डिस्चार्ज, नेपालमा कोरोना निको हुनेको संख्या ७९ पुग्यो

Saturday, May 23, 2020 National Power

काठमाडौ – नारायणी अस्पतालमा उपचार गराइरहेका ७२ मध्ये ९ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित निको भएपछि शनिबार डिस्चार्ज भएका छन् । उनीहरुको पछिल्लो दुईवटा परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जनाए । डिस्चार्ज हुनेमा पर्साका ३, बाराका २, रौतहटका ३ र १ जना भारतीय नागरिक छन् ।

गत वैशाख १४ मा डिस्चार्ज भई पुन: कोभिड पोजिटिभ देखिएपछि वैशाख १९ र २० मा भर्ना गरिएका वीरगन्जको एक मस्जिदमा पोजिटिभ पुष्टि भएका भारतीय नागरिक र रौतहट इशनाथ नगरपालिकाका युवकसमेत शनिबार निको भएर डिस्चार्ज भएको मेसु डा.उपाध्यायले बताए । वीरगन्ज महानगरपालिका २ का ३० वर्षीय, ३ का ५० वर्षीय, १६ का ५१ वर्षीय पुरुष डिस्चार्ज भएका छन् ।

यसैगरी बारा जितपुर सिमरा उपमहानगर पालिका ७ का ४३ वर्षीय र सिम्रौनगढ नगरपालिका ४ का ३१ वर्षीय पुरुष डिस्चार्ज भएका हुन् । रौतहट वृन्दावन नगरपालिका ८ का २४ वर्षीय र देवाही गोनाही नगरपालिका १ करुनीयाका २२ वर्षीय युवक निको भएर डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेसु डा.उपाध्यायले जनाए ।

शनिबार डिस्चार्ज भएका ९ पुरुष वैशाख १४ यता नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए । चिकित्सकका अनुसार उनीहरुमा कोभिड १९ को लक्षण देखिएको थिएन ।

नारायणी अस्पतालको आइसोलेसन वार्डमा ६३ जना संक्रमितको उपचार भइरहेको छ । यसैगरी नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा २५ जनाको उपचार भइहरहेको मेसु डा. उपाध्यायले बताए ।

योसँगै नेपालमा कोरोना संक्रमण निको भइ निको हुनेको संख्या ७९ जना पुगेको छ ।

यसअघि नै पर्साका ३, रुपन्देहीका १, उदयपुरका २३, बाँकेका २, काठमाडौंका ९, कैलालीका ४, रौतहटका १, बागलुङका २, चितवनका २, झापाका २ तथा भोजपुर र कञ्चनपुरका १–१ जना निको भएर घर फर्किसकेका छन् ।

नेपालमा हालसम्म ५८४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ३ जनाको मृत्यु समेत भएको छ ।

कोरोनाभाइरसको संक्रमण रोक्न दुई महिनायता देशमा लकडाउन भएपनि संक्रमितको संख्या दिनहुँ बढ्दो क्रममा रहेको छ।