Tuesday 3rd March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

कोरोनाविरुद्ध चीनले बनाएको खोप बाँदरमा सफल, मानिसमा परीक्षण जारी

Saturday, April 25, 2020 National Power

काठमाडौ – चीनको एक बायोटेक कम्पनीले बनाएको खोपले बाँदरलाई कोरोना भाइरसबाट बचाएको छ । त्यस कम्पनीले बनाएको कोरोनाविरुद्धको खोप बाँदरमा परीक्षण गर्दा सफल भएको जनाइएको छ ।

बेइजिङस्थित सिनोभ्याक बायोटेक कम्पनीले बाँदरमा गरिएको परीक्षण सफल भएको जनाएको हो । सिनोभ्याकका अनुसन्धानकर्ताहरूले दुई भिन्न किसिमका खोप आठवटा बाँदरमा प्रयोग गरेका थिए । त्यसको तीन हप्तापछि ती बाँदरको फोक्सोमा कोरोना भाइरस (कोभिड– १९) राखिएको थियो ।

बाँदरहरूलाई भाइरसबाट संक्रमण गराइएको सात दिनपछि तिनीहरूलाई फेरि संक्रमणको अवस्थाबारे जाँच गरिएको थियो । तर, उनीहरूमा भाइरसको संक्रमण नदेखिएको बताइएको छ । अनुसन्धानकर्ताहरूले बनाएका दुई खोपमध्ये एउटा बढी डोजको थियो भने अर्काे कम डोजको थियो ।

बढी डोजको खोप लगाइएका बाँदरहरूमा भाइरसको कत्ति पनि संक्रमण एवं असर देखिएन अर्थात् भाइरस निष्क्रिय भइसकेको थियो । कम डोज दिइएका चार बाँदरमा भने केही समस्या र संक्रमण फेला परेको थियो । तर, डोज बढाएपछि ती बाँदर पनि पूर्ण रूपमा भाइरसमुक्त भएको अनुसन्धानकर्ताहरूले जनाएका छन् ।

दुवै किसिमबाट बाँदरहरूमा भाइरस नियन्त्रण ल्याउन सफल भएसँगै १६ अप्रिलमै कम्पनी र अनुसन्धानकर्ताहरूले मानिसमा पनि खोप परीक्षण सुरु गरिसकेका छन् । र, परीक्षणकाे नतिजा भने आइसकेको छैन, आउने क्रममा छ ।

सिनोभ्याकका वरिष्ठ निर्देशक मेंग वेनिङले मानिसमा पनि यो खोप पूर्ण रूपमा सफल हुनेमा आफूहरू विश्वस्त रहेको बताएका छन् । प्रकाशित अध्ययनका लेखक एवं अनुसन्धानकर्ता फ्लोरियन क्रेमरले ‘खोपले काम गर्ने र निकै कम आर्थिक स्थिति भएका देशहरूले समेत यो खोप बनाउन सक्ने’ बताएका छन् ।

तर, अमेरिकी पिट्सबर्ग विश्वविद्यालयका प्रोफेसर डगलस रिडले भने सिनोभ्याकले निकै थोरै बाँदरमा मात्र यसको परीक्षण गरेको भन्दै परीक्षणको प्रक्रियामाथि समेत आशंका व्यक्त गरेका छन् । यद्यपि यो खोप इटाली, चीन, बेलायत र स्पेनका संक्रमितमा पनि परीक्षण गरिएको छ । अहिलेसम्म यी परीक्षणहरूको कुनै नतिजा निस्केको छैन ।

यस्तै ६ अन्य खोपहरू मानिसमा परीक्षण भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । करिब ७७ खोपहरू अझै विकासका क्रममा छन् । सिनोभ्याकले बनाएको खोप कोरोना भाइरसलाई संक्रमण निष्क्रिय पारेर बनाइएको हो ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयले पनि बिहीबारबाट मानिसमा खोप परीक्षण सुरु गरिसकेको छ ।

– एजेन्सी