Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

श्याम तिमल्सिनाको समन्वयमा बनेपा र धुलिखेल नगरपालिका लाई स्वास्थ सामाग्री हस्तान्तरण

Monday, April 20, 2020 National Power

काभ्रेपलान्चोक – कोरोना भाइरस (कोभिड १९) संक्रमणको नियन्त्रण तथा रोकथामका लागि यतिबेला नेपाल सरकारले देशलाई लकडाउन लगाएको छ । लकडाउन लगाएको पनि ४ हप्ता हुन लाग्दा नेपालमा ३१ जनामा कोरोना संक्रमित भेटिएका छन भने चार जना निको भएर घर गएका छ्न ।

विश्वभरी फैलिएको महामारीको कारण
दैनिक ज्यालादारी काम गर्न मजदुरहरुलाई निकै समस्य परेको देखिन्छ । सहरमा दैनिक मजदुरी गरि जिविकोपार्जन गर्ने मानिसहरुलाई खाना र बस्न समस्या भएपछि उनीहरु हप्ता दिन हिडेर गाउँ जान बाध्य छन् ।

अहिले लकडाउनलाई कडाईका साथ लागू गर्दा उनीहरुनै बढि मारका परेका छन । यसैगरी महामारीका कारण स्वास्थ सस्थामा स्वास्थ सामाग्रीको कमि नहोस् भनेर कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि Rotary club of काभ्रेले बनेपा नगरपालिका लाई पिपिइ आठ सेट, गोप्स , सेनिटाइजर , हेन वास लगायतका स्वास्थ सामाग्री Rotary club काभ्रेका अध्यक्ष राम प्यारी बज्राचार्यको हात बाट नगरपालिका प्रमुख लक्ष्मी नरसिह बादे लाई हस्तान्तरण गरिएको छ ।

उक्त हस्तान्तरण कार्यक्रममा Rotary club of काभ्रेका पुर्व अध्यक्ष रघुनाथ घिमिरेको समेत उपस्थिति रहेको थियोे भने सामुदायिक विकास तथा अनुसन्धान संस्था नेपाल (कर्ड नेपाल ) ले धुलिखेल नगरपालिका लाई कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि आवश्यक पर्न स्वास्थ सामाग्री पनि हस्तान्तरण गरिएको Rotary club काभ्रेका सदस्य तथा ICD नेपालका अध्यक्ष श्याम तिमल्सिनाले जानकारी दिनु भयो ।