Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

काभ्रेभञ्ज्याङका युवाहरुले पैदल यात्रुहरुलाई दिए औषधि , पानी लगायतका सामाग्री 

Wednesday, April 8, 2020 National Power

 

काभ्रे – धुलिखेल नगरपालिका वडा नम्बर ९ काभ्रेभञ्ज्याङका युवाहरुले पैदय यात्रुहरुलाई निःशुल्क चप्पल पानी ,बिस्कुट ,चाउचाउ ,औषधि दिन थालेका छ्न ।

युवाहरुले आज बाट काभ्रेभञ्ज्याङमा बीपी राजमार्गबाट गन्तब्य तर्फ जाने यात्रुहरुलाई यस्तो सुविधा दिन थालेका हुन् । केहि चिज आफै र केहि रेडक्रस काभ्रेका उपशाखाका सभापति बलराम सिग्देलले सहयोग गरेका छन् भने औषधिको ब्यवस्थापन काभ्रे भञ्ज्याङ स्वास्थ चौकीका इन्चार्ज ब्रम्ह शाहले गरिदिएका छन् ।

राजमार्गमा हिड्दा हिड्दै जुत्ता चप्पल चुडिएका वा च्यात्तिएर खालिखुट्टै हिड्न बाध्य भएकाहरुलाई निःशुल्क चप्पल दिनुको साथै उनीहरुले पानी ,बिस्कुट ,चाउचाउ ,औषधि दिन अभियान सुरु गरिएको अभियानका रबिन्द्र सिक्देलले बताए ।

कोरोना भाइरसका कारण लकडाउन भएसँगै राजधानीबाट बीपी राजमार्ग गन्तब्य हिडेका यात्रुलाई धेरै गार्‍हो भएको हुनाले हामीले यस्तो सहयोग गरेका हौं रोशन हुमागाई भने ।

स्थानीय युवाहरु रोशन हुमागाई , सागर हुमागाई, श्रीजन हुमागाई, निमेष सिग्देल, कुरुणा बजगाई, कुसुम बजगाई, अस्मित हुमागाई र सुबित हुमागाई राजमार्गका यात्रुहरुको सेवाका लागि खटिएका छन्