Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

एसईई परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्‍नुस् : शिक्षामन्त्री

Sunday, March 8, 2020 National Power

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थी र अभिभावकहरू हल्लाको पछि नलाग्न आह्वान गरेका छन् । ‘कोरोना भाइरसले विश्वव्यापी आतंक मच्चाएको साँचो हो तर नेपालमा आजसम्म उल्लेख्य घटना भएको छैन,’ मन्त्री पोखरेलले भने, ‘सरकारले सम्भावित परिस्थितिलाई गम्भीर ढंगले विश्लेषण गरेको छ ।मन्त्रालयले चालू शैक्षिक सत्रको परीक्षा लिन निर्देशन दिएअनुसार कक्षा १–९ को परीक्षा हुनेछ । एसईई परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार हुनेछ ।’

सरकारले भाइरस भित्रिन नदिने, शंकास्पद घटनाको परीक्षण गर्ने र आम जनतालाई सचेत तुल्याउने तीन बुँदे रणनीति अघि सारेको मन्त्री पोखरेलले बताए। ‘छिमेकी मुलुकमा भाइरस देखिएपछि परिस्थिति बदलेको छ,’ उनले भने, ‘यदि त्यस किसिमको परिस्थिति आएमा घटना भएको एक घण्टाभित्र निर्णय लिनु पर्ने हुनसक्छ। तर, मिडियाले जथाभावी भ्रम नफैलाइयोस् र सामाजिक सञ्जालमा अनावश्यक हल्ला नगरियोस्।’
चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन विद्यालयहरुलाई शिक्षा मन्‍त्रालयको निर्देशन
सरकारले कोरोना भाइरस (कोभिड–१९) को विषयलाई उपप्रधानमन्त्री संयोकत्वमा विशेष समिति र मुख्य सचिवको संयोकत्वमा कार्यटोली गठन गरेको छ। स्वास्थ्य मन्त्रालयले गर्दै आएको निगरानीका आधारमा सरकार अघि बढ्ने मन्त्री पोखरेलले बताए। ‘हामी शैक्षिक सत्रको अन्तिम महिनामा छौं,’ कोरोना भाइरसबारे समाजलाई सचेत तुल्याउन जरुरी रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले भने, ‘५६ लाख विद्यार्थीलाई सचेत तुल्याएर उनीहरुको शैक्षिक भविष्य गुज्रिन नदिन सबै पक्षले सकारात्मक भूमिका हुन जरुरी छ।’

त्यसैगरी मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै पूर्वनिर्धारित तालिकाअनुसार एसईई परीक्षा र कक्षा १–९ को जाँच हुने प्रष्ट पारेको छ। ‘कोरोना भाइरसको कारण उत्पन्न वर्तमान परिस्थितिको विश्लेषण गरेर कक्षा १ देखि ९ सम्मका परीक्षा चैत ५ गतेभित्र सम्पन्न गरिसक्न मन्त्रालयले यसअघि नै आह्वान गरिसकेको छ,’ मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा छ, ‘चैत ६ गतेदेखि हुने एसईई परीक्षा यथावत रुपमै संचालन हुनेछ।’ परीक्षा सरेको वा विद्यालय बन्द गरिएको भन्ने गलत सूचनाको भ्रममा नपर्न भनिएको छ।