Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

गीता अधिकारी द्वारा चलचित्र पत्रकार सङ्घको आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा

Sunday, March 1, 2020 National Power

काठमाडौँ – रंग पत्रकार तथा बर्तमान चलचित्र पत्रकार सङ्घकि उपाध्यक्ष गीता अधिकारी द्वारा चलचित्र पत्रकार सङ्घको आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेकी छिन । २०७६ चैत्र ३ गते हुने चलचित्र पत्रकार सङ्घ नेपालको महाधिवेशन नजिकिदै जादा चलचित्र पत्रकार बीच चुनावी माहोल तातेको छ यतिवेला । केहीले उमेद्वारी घोषणा गरेका छन् भने केही गर्ने तयारीमा जुटेका छन् । डेढ दशक लामो चलचित्र पत्रकारिताको दौरानमा दर्जनभन्दा बढी  पुरस्कारबाट समेत सम्मानित भइसकेकी गीता अध्यक्ष पदको बलिया दाबेदार मानिएको छ । उनी आफ्नो जित हुनेमा विश्वस्त छिन् ।

२०६१ सालमा मानचित्र मासिकबाट पत्रकारिता शुरु गरेकी गीताले कला मनोरञ्जन पत्रकारितामा आफूलाई संलग्न गराउँदै आएकी छन् । अहिलेसम्म  उँहा यस क्षेत्रमा उनको नामले दिनप्रतिदिन उचाई प्राप्त गरिरहेको छ । नयाँ विमर्श साप्ताहिक लगायत आधा दर्जन साप्ताहिक पत्रिका, छापा खबर मासिक र मध्यान्न दैनिक हुँदै कमाण्डर पोष्ट दैनिकमा पत्रकारिता गरेकी गीता हाल फिल्मी खबर साप्ताहिकमा सह–सम्पादक र मिलापमा रहेकी छन् । उनका राजधानी र मोफसल दैनिक पत्रिकाहरुमा सम सामायिक विषय, महिला हिंसाका विषयका साथै विभिन्न साहित्यिक लेखहरु प्रकाशित भइरहेका हुन्छन् ।

रङ्ग पत्रकारिताका अलवा विभिन्न विज्ञापन तथा चलचित्रका पर्दामा पनि देखिएकी गीता साहित्य लेखन, रङ्गकर्म एवम् सामाजिक कार्यमा पनि आफूलाई व्यस्त बनाउँदै आइरहेकी छन् । चलचित्र पत्रकार सङ्घमा सदस्यहुँदै हाल उपाध्यक्षको जिम्मेवारी सम्हाली रहेकी गीता अध्यक्ष पदको बलियो दाबेदार रहेकी छन् । चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा उनी आएमा पहिलो महिला अध्यक्ष हुने छिन् । अध्यक्षलागयत अन्य पदमा धेरै आंकाक्षी रहेपनि आधिकारिक रुपमा उम्मेदवारी घोषणा भने गरेका छैनन् ।