Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

गौतम समाज काभ्रेले गर्ने लाग्यो कुलपुजा

Thursday, February 20, 2020 National Power

 

९ , फागुन / बनेपा – काभ्रे गौतम समाज काभ्रेको आयोजनामा सामुहिक कुलपुजा हुने भएको छ । चौरिदेउराली ६ काभ्रेका सबै गौतम बन्धुहरु छुट्टीएर देश तथा बिदेश जानू भएको छ जो जहाँ भए पनि सबै लाई एक मुस्ट गराउने र सबै पुख्र्यौली ( सन्तु उपाध्याय ) का सन्ततिहरु लाई समेटेर कुलपुजा गर्न लागिएको गौतम समाज काभ्रेका अध्यक्ष माधव गौतमले जानकारी दिनु भयो ।

चौरिदेउराली ६ काभ्रेका गौतम बन्धुहरुको सामुहिक कुलपुजा यहीँ आउदो फागुन १६ गते शुक्रबारका दिन हुन लागेको गौतम समाजका महासचिव गोकुल गौतमले जानकारी दिनु भयो साथै गौतम समाजको कुलपुजा भने सिम्पानी चौर ज्यामिरेमा ६ मा हुने भएको छ ।

सन्तु उपाध्यायका सन्ततिहरु सम्पुर्ण छुट्टीएका बसेका पुख्र्यौली गौतम बन्धुहरुलाई एकमुस्ट कुलपुजा गराउने उद्देश्यका साथमा गौतम समाज काभ्रेले कुलपुजाको आयोजना गर्न लागेको बताइएको छ ।