Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

दुई वर्षमा सरकारी उद्योगबाट फलाम उत्पादन हुन्छ:उद्योगमन्त्री भट्ट

Wednesday, February 5, 2020 National Power

काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दुई वर्षभित्रै सरकारी उद्योगबाट फलाम उत्पादन थालिने दाबी गरेका छन् । नवलपरासीको हुप्सेकोटमा रहेको धौवादी फलाम खानी क्षेत्रको अवलोकन गर्दै मन्त्री भट्टले यस्तो बताएका हुन् । मन्त्रालयको उद्योग सम्बद्ध अधिकारी सम्मिलित अवलोकनमा उनले उद्योग सञ्चालनमा कुनै ढिलाई नगर्न निर्देशन पनि दिए ।

फलाम उद्योग सञ्चालनका लागि चालु आर्थिक वर्षको बजेटमा सरकारले १ अर्ब विनियोजन गरिगरेको छ । एक वर्षभित्रै व्यावसायिक उत्पादन गर्ने दाबी गरिएको खानी उत्खनन र उद्योग स्थापनार्थ बजेटको कुनै कमी हुन नदिने अर्थमन्त्रालयले यस अघिनै प्रतिबद्ध जनाई सकेको छ ।

खानी तथा भूगर्व विभागको प्रारम्भिक अध्ययन अनुसार हुप्सेकोट ५ को ४ स्थानमा १० करोड टन फलामको कच्चा पदार्थ रहेको अनुमान गरिएको छ । उक्त खानीबाट ४० प्रतिशत स्पोन्ज फलाम उत्पादन भएमा ४ करोड टन फलाम उत्पादन हुने मन्त्रालयको विश्वास छ ।