Saturday 14th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

स्वास्थ्य मन्त्रालयको गम्भीर लापरवाही, विज्ञ भन्छन्– कोरोना संक्रमण फैलन सक्छ

Wednesday, February 5, 2020 National Power

विश्वभर कोरोनाको सन्त्रास यति फैलिएको छ कि अन्य देशहरूले आफ्नो देशका नागरिकहरूलाई लगेर क्वारेण्टाइनमा राखिसकेका छन्। विश्व स्वास्थ्य संगठनले चीन उच्च जोखिममा रहेको र नेपाल लगायतका देश पनि संक्रमण फैलन सक्ने जनाएको छ ।

यतिबेला स्वास्थ्य सेवा चुस्त र प्रभावकारी भएका देशहरू पनि कोरोनाको संक्रमण होला भनेर डर मानिरहेका छन्। देशमा कोरोनाको महामारी नफैलियोस् भनेर उनीहरुले गरेको पूर्व तयारी आश्चर्यलाग्दो छ। तर, पर्याप्त पूर्व तयारी नहुँदा पनि नेपाल सरकार ढुक्क भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको अभिव्यक्तिबाट थाहा हुन्छ।

उनले मंगलबार संसदमा भनेका थिए, ‘चीन सरकार जसरी नाच्छ, त्यही तालमा खु्ट्टा उचाल्नुपर्छ भन्ने कुरामा नेपाल सरकार विश्वास गर्दैन।’ के स्वास्थ्यमन्त्री ढकालले भनेजस्तै नेपाल कोरोना संक्रमणबाट ढुक्क हुनुपर्ने अवस्थामा छ त ? मन्त्री ढकालले जनताहरुलाई ढुक्क हुनेगरी तयारी पूरा गरेका छन् त ?