Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

सुपमा पहिलो पटक चलचित्र महोत्सवको भव्य शुभारम्भ ।

Thursday, January 23, 2020 National Power

धनगढी –  पिम नेपाल चलचित्र महोत्सव २०१९को माघ ९ गते धनगढीमा भव्यताका साथ उद्घाटन समारोह सम्पन्न गरिएको छ । आन्तिरिक मामिला तथा कानुन मन्त्रालयका सचिव किसन रावत प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बरिष्ठ पत्रकार एवं गीतकार शान्तिप्रिय, मोडल समिर लामा, तेजा ऐर, श्रीदेव भट्टराइर्, खडक मल्ल लगायत सुपका चर्चित चलचित्रकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो कार्यक्रममा प्राज्ञ, संचारकर्मी लगायत विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरुको समेत सहभागिता रहेको थियो ।


माघ ९, १० र ११ गते सम्म संचालन हुने उक्त कार्यक्रममा संस्थाका महासचिव कमला जोशीले स्वागत मन्तव्य गरेकी थिईन भने उक्त कार्यक्रममा राष्ट्रिय वाणिज्य बैकका प्रदेश प्रमुख रणबहादुर चन्द, कैलाली जनपुस्तकालयका अध्यक्ष डा. टि एन जोशी, प्राज्ञ वासुदेव पाण्डे, बरिष्ठ कलाकार अम्बिका प्रसाद आचार्य लगायतले कार्यक्रमको सफलताको शुभकामना दिदै सुदुरपश्चिममा पहिलो पटक हुनलागेको चलचित्र महोत्सवको सफलताको शुभकामना दिदै यस्ता कार्यक्रमहरुले स्थानिय र राष्ट्रिय कलाकारहरुलाई एक सुत्रमा बाँध्न मद्धत गर्ने विश्वास व्यक्त गरेका थिए ।


प्रमुख अतिथी सचिव रावतले विश्वमा चलचित्रको उदय देखी आज सम्मको अवस्थालाई सविस्तार वर्णन गरेका थिए भने यस्ता किसिमका महोत्सवले चलचित्र निर्माणमा लाग्नेहरुलाई प्रोत्साहन हुने बताए ।


संचारकर्मी एवं गीतकार लोकराज अधिकारीले सञ्चालन गरेका उक्त कार्यक्रममा पिम नेपालका सचिव राजन थापा एवं स्थानिय संयोजक राजकुमार जोशी, गुणाकर पनेरु, गोविन्द मुखीया, चन्दु्र चौधरी लगायत संस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो भने संस्थाका अध्यक्ष माधव खरेलको सभापतित्वमा कार्यक्रम शुभारम्भ भएको थियो ।