Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

मानस राजको हिरो सार्वजनिक ( भिडियो सहित )

Thursday, September 12, 2019 National Power

मानस राज हिरो सार्वजनिक भिडियो सहित

२६ , भदौ / काभ्रेपलान्चोक – बनेपा करिव दुई वर्षअघि गायक मानस राजले एउटा गीत सार्वजनिक गरे, जसको शीर्षक थियो(भाइरल भैदियो । उक्त गीतको भिडियो हालसम्म करिव तीन करोड पटक हेरिएको छ । फरक शैलीको उक्त गीत तथा पृथक शैलीको म्युजिक भिडियोका कारण उक्त गीत र म्युजिक भिडियो नै लोकप्रिय भयो । भिडियामा बाल नृत्यांगना दीक्षा ठकुरीदेखि सबिन कार्कीसम्मको आकर्षक नृत्यले दर्शकलाई लोभ्याएको थियो ।

पृथक शैलीको पहिलो गीतका कारण नै सांगीतिक क्षेत्रमा स्थापित भएका गायक मानस राज यतिबेला पुनः त्यस्तै शैलीको गीत तथा म्युजिक भिडियो लिएर दर्शकमाझ आएका छन् ।

‘मै हुँ हिरो‘।’ शीर्षकको उक्त गीतमा गायक मानस राजकै शब्द, संगीत तथा स्वर सुन्न सकिन्छ । यो गीतको म्युजिक भिडियोलाई पनि गायक मानस राजले नै निर्देशन गरेका हुन् ।

यसपटक पनि गायक मानस राजले डान्सिङ बिटमै आधारित गीत तयार पारेका छन् । गीतका शब्दले नै हरेक व्यक्तिमा आत्मविश्वास झल्काउँछ, अनि भन्छ( ‘मेरो लागि मैं हुँ हिरो‘।’
प्रस्तुत गीतको म्युजिक भिडियोमा भाइरल भैदियो गीतको भिडियोकै बाल नृत्यांगना दीक्षा ठकुरीले आकर्षक नृत्य गरेकी छिन् भने बुगीउगीका टप टेन फाइनालिष्ट शुभम भुजेलले पनि उत्कृष्ट नृत्य प्रस्तुत गरेका छन् ।

‘यो गीत तथा म्युजिक भिडियोले हरेक व्यक्तिलाई सकारात्मक सन्देश दिन्छ, गायक मानस राजको भनाइ छ । गीत तथा भिडियोले दर्शकको मन जित्न सक्ने कुरामा गायक मानस राज ढुक्क देखिन्छन् ।

संगीतकार राजश ईशानद्वारा संगीत संयोजन गरिएको यो गीतलाई प्रदीप जोशीले मिक्सिङ गरेका हुन् । भिडियोमा भने शुभम भुजेलको कोरियोग्रँफी छ । ज्ञानेन्द्र शर्माद्वारा छायांकन गरिएको उक्त भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

‘मैं हुँ हिरो’ को कभर भिडियो कन्टेष्ट
यसैबचि गायक मानस राजले ‘मैं हुँ हिरो‘’ गीतको म्युजिक भिडियो सार्वजनिक गरे लगत्तै यसको कभर भिडियो कन्टेष्ट पनि घोषणा गरेका छन् ।