Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

गाई र कुकुर मारेको विरोधमा माइतीघरमा प्रदर्शन

Wednesday, September 4, 2019 National Power

काठमाडौं – सुर्खेतमा गाई मरेको र खोटाङमा कुकुर मारेको विरोधमा बुधबार पशु अधिकारकर्मीले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीले कुकुर, कुकुरको चित्र र जनावरको मुकुण्डोसहित प्रदर्शन गरेका थिए । उनीहरुले दुबै घटनामा संलग्नमाथि कारबाही गर्न पनि माग गरेका छन् । पशु अवोध प्राणी भएकाले उनीहरुप्रति संवेदनशील हुनुपर्ने विषय प्रदर्शनकारीले ब्यानरमा उल्लेख गरेका थिए ।

केही दिनअघि नेपालगञ्जबाट दैलेख लैजाँदै गरेको गाई सुर्खेतमा मृत भेटिएका थिए भने खोटाङको दिक्तेल नगरपालिकामा कुकुरलाई कुटी कुटी मारेर फालिएको भिडियो सार्वजनिक भएको थियो ।