Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

कुशल सञ्चारकर्मी र चर्चित मोडल बन्नु छ ; सञ्चारकर्मी एवम् मोडल सबिना भट्ट

Tuesday, July 23, 2019 National Power

काभ्रेपलान्चोक – बनेपा एउटा सफल कलाकार बन्नको लागि सबै कलाकारले धेरै मेहनत र षंघर्स गरेको हुन्छन् । तैपनि सबै कलाकार सफल हुन सक्दैन्न । कलाकार बन्न धेरै गार्‍हो छ । यस्तै सञ्चारकर्मी सबिना भट्ट पनि कलाकारिता क्षेत्रमा प्रवेश गर्नु भएको छ । संचारको साथ साथै कला क्षेत्रमा पनि पाहिला अगाडि बढाउनु भएको छ । एक कुशल सञ्चारकर्मी र चर्चित मोडलको रुपामा चिन्निन धेरै मेहनत गर्दै गरेको बताउनु भएको छ ।
नुवाकोट जिल्लाको बेल्कोटगढि नगरपालिका ११ तिगाउँमा बुबा शिभ प्रशाद भट्ट र आमा मिना भट्ट छोरी हुन सञ्चारकर्मी एवम् मोडल सबिना भट्ट पछिल्लो समयमा सबिना भट्ट संचार क्षेत्रमा अलि ब्यस्त हुनु भएको छ भने मोडलिङ क्षेत्रलाई पनि अगाडि बढाउने जानकारी दिनु भएको छ । सुरुमा रेडियो त्रीशुली ८८.४ मेगाहर्ज अनि कृषि रेडियो १०१.५ मेगाहर्ज बिचमा नुवाकोट एफएममा पनि गरे ५ महिना काम गरिसक्नु भएको छ प्रस्तुत छ काभ्रेपलान्चोक बाट प्रकाशित नव क्षितिज साप्ताहिकका लागि अरबिन्द्र गौतमले एवम् मोडल सबिना भट्टसँग गरेको रमाइलो कुराकानी ;

० आज भोलि केमा ब्यस्त हुनु हुन्छ ?
आज भोलि म रेडियोको कामहरु धेरै छन् र बाहिरी प्रोगाम तिर ब्यस्त छु साथै मोडलिङ क्षेत्रमा पनि पहिला अगाडि सरेको छु हेरौं कतिको सफल हुन्छ ।

० सुरुका दिनहरु बारे बताउनुहोस संचार क्षेत्रमा कसरी लाग्नु भयो र कलाकारिता क्षेत्र कता पुग्यो ?
संचार क्षेत्रमा चै मलाई सानै देखि रुचि थियो । म पहिला स्कुल पढ्दा देखिनै रेडियो एकदम सुन्थे आफू एक्लै हुदा रेडियोको दादा दिदीले चलाउनु भएको प्रोगामहरु धेरै सुन्ने गरेको थिए । मलाई पनि मनमा उत्सुकता हुन्थ्यो कि यो दिदी दाजुहरु जस्तै बन्न पाए हुन्थ्यो भनेर पछि रेडियोमा कर्मचारी आवश्यकता सम्बन्धि सुचना सुने अनि त्यस बाट पास भए त्यसपछि रेडियोमा काम गर्न थाले ।

० सञ्चारकर्मी हुनु हुन्छ किन कलाकारिता क्षेत्र रोज्नु भएको हो ?
मलाई दुबै क्षेत्र एकदम मन पर्छ किन कि सन्चारकर्मी र कलाकार भनेको एक रथका दुई पाङ्ग्रा भने जस्तै हुन । त्यसैले मलाई यो दुबै क्षेत्र एकदम मन पर्छ ।

० मोडलिङ क्षेत्र राम्रो छैन भन्ने गरिन्छ किन यस क्षेत्र बाट बाच्न सक्नु हुन्छ र रोज्नु भएको हो ?

नाइ त्यस्तो होइन त्यो आफुले बुझ्ने कुरा हो । त्यसलाई कुन नजरले बुझ्न सकिन्छ । आफुमा भर पर्छ कुरै गर्नु हो । भनेत छोरी मान्छेले सरकारी जागिर खायो भने त्यो राम्रो हुन्छ अलि थोरै पैसा कमाउने काम गर्यो भने त्यो नराम्रो हुन्छ तर मलाई यो गलत लाग्दैन र हजुरले भन्नू भयो कि बच्न सक्नु हुन्छ भनेर मोड्लिङमा लागेका मान्छेहरु सबै खराब हुदैनन र आफुमा पनि भर पर्ने कुरा हो राम्रो काम गर्‍यो भने बाच्न सकिन्छ ।

० कलाकारिता क्षेत्रमा लाग्ने जोस जागर कता बाट आयो ?
म पहिला स्कुल पढ्दा पनि नाच्ने गाउने गर्थे र म रेडियोमा काम गर्ने थाले त्यसपछि मेरो धेरै अग्रज कलाकार सङ्ग भेट भयो र उहाँहरुको प्रेरणाले गर्दा हो मलाई कलकारिता क्षेत्र मन पनि पर्ने भएकोले यस क्षेत्रमा लागेको हु ।

० कुन क्षेत्रमा काम गर्न सजिलो लाग्छ हजुर लाई ?
काम गर्न सजिलो कै पनि छैन कति आफुले गर्न सकिन्छ या सकिँदैन भन्ने कुरा मात्र हो जुन काम मेरो मनले यो चै म गर्छु भनेर लाग्छु त्यो काम बाट सफलता हात परेको हुन्छु । काम सबै गार्यो नै हुन्छ त्यसलाई सजिलो तरिकाबाट गर्न सक्नु पर्छ ।

० तपाईले मोडलिङ गर्नु भएको गित कुन हो रु कत्तिको दर्शक श्रोताको माया र साथ् पायो ?
मैले मोडलिङ गरेको गित सुरेश बाङ्दास दाइले गाउनु भएको आधुनिक गित धड्कन पनि मन्द हुन्छ सास पनि मन्द हुन्छ भन्ने गित हो । दर्शक श्रोताले पनि एकदम रुचाउनु भएको छ माया र साथ दिनु भएको थियो ।

० मोडलिङ क्षेत्रमा चर्चामा आउनको लागि अङ्ग प्रदर्सन गर्छन् के तपाई पनि यस्तो गर्नु हुन्छ ?
त्यस्तो होइन र कदापी हुदैन पनि जहाँ कलाकारीताको कदर हुन्छ म त्यहीँ ठाउँ बाट अगाडि बढ्नेछु आफ्नो प्रतिभाको कुरा हो । आफुले कति गर्न सकिन्छ । बस यति मात्र हो । छोटा कपडा लगाएर दुई चार जनाको मन जितिन्छ र बिकाउको मात्र कलाकार भैन्छ टिकाउको होइन ।

० तपाईले किन यस्तो बिकृती आएको क्षेत्र रोज्नु भयो भनिन्छ यस क्षेत्र बाट भबिस्य राम्रो छैन ?
बिकृती आएको होइन बाहिरी फेसन को सिको गर्नाले चर्चित हुनका लागि ल्याइएको हो । उम त्यो चै आफ्नो सपनाको कुरा हो । राम्रो गर्न सके दर्शक श्रोताको मन मुटुमा बस्न सके त्यस बाट पनि राम्रै भबिस्य देख्छु मैले ।

० तपाईंको विचारमा एउटा सफल कलाकार हुनको लागि के के कुराको आवश्यकता पर्दछ ?
आफुमा राम्रो ज्ञान , सीप , क्षेमता , लगनशीलता , मेहनत र षंघर्स गर्न सक्नु पर्छ राम्रो कलाकारको लिस्टमा परिन्छ । कलाकारीता लाई राम्रो सङ्ग बुझ्न सक्नु पर्यो र आफुले आफुलाई चिन्न सक्नु पर्यो ।

० जिबन के हो ?
जीवन एउटा यात्रा र संघर्ष हो

० सेक्स के हो ? अनुभव छ कि छैन ?
मलाई यो चै था छैन र म त्यो बिषयमा सङ्लग्न पनि छैन

० भाबी योजना के बनाउनु भएको छ ?
कुशल सञ्चारकर्मी र चर्चित मोडल भनेर सबैको मन मुटुमा पस्ने योजनामा बनाएको छु हेरौं कतिको सफलता हात पारिन्छ ।

० अन्तमा के भन्न चाहानु हुन्छ ?
सर्बप्रथम त हजुरलाइ धेरै धेरै धन्यवाद र अहिले जति पनि साथीहरुले माया दिनु भएको छ । हजुरहरुको माया सदैब यस्तै रहिरहोस भन्न चाहान्छु साथै तपाईंको मिडिया लाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु मेरो मनमा लागेको केही कुरा राख्ने मौका दिनु भएकोमा ।