Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

अग्रज संगीतकर्मीको आत्मसम्मानका खातिर झुकेकोहुँ : प्रकाश सपुत

Wednesday, June 26, 2019 National Power

काठमाडौं – गायक प्रकाश सपुत र संगीतकार शम्भु राईबीचको विवाद मिलापत्रमा टुंगियो । यससँगै केही समयदेखि सांगीतिक क्षेत्रमा चलिरहेको विवादले तत्कालिनरुपमा किनारा पाएको छ ।

सँगै यो सहमतिले केही प्रश्न पनि सिर्जना गरेको छ । प्रकाशले आफ्नो गीतको भिडियोमा शम्भुको नाम उल्लेख गर्ने सहमति गरेका छन् । यसअघि गीत कपी गरेको अस्वीकार गर्दै आएका उनले अहिले किन शम्भु राईलाई क्रेडिट दिन तयार भए त ?

यस विषयमा उनले अग्रज संगीतकर्मीको आत्मसम्मानका खातिर आफु झुकेको बताए । ‘मैले यो विवादलाई धेरै तन्काउन चाहिनँ । संगीत क्षेत्रको अग्रज भएको हिसाबले मैले उहाँको सम्मानका खातिर आफ्नो छाति फराकिलो बनाएको हुँ,’ उनले भने । तर, गीतमा क्रेडिट दिँदा त तपाईंले गीत कपी गरेको स्वीकारोक्ति झल्किएन र रु भन्ने प्रश्नमा सपुतले भने, ‘गीतको केही अंश संयोगले मिल्न गएको थियो । त्यो नियतवश गरिएको थिएन । यसलाई मैले स्वीकारेको–नस्वीकारेको भन्नु भन्दा पनि समाधानका लागि बाटो निकालिएको हो ।’

सपुतले यस विवादको तत्कालिन समाधान भए तापनि नेपालमा पुराना लोकभाकाहरुबाट प्रभावित भएर नयाँ सिर्जना गर्न पाइने कि नपाइने भन्ने बहसको विषय बनेको पनि बताए । उनी भन्छन्, ‘हाम्रो हकमा त सहमति भयो, तर यस विषयको बहस भने टुंगिएको छैन ।’

यही विवादले गर्दा आफूलाई मानसिक तनाव भए पनि सहमतिपछि राहत महसुस भएको उनले बताए । ‘एउटा झण्झटबाट मुक्त भएको महसुस भएको छ,’ उनले भने ।