
सिन्धुली जिल्लाको बिकट मानिने तिनपाटन गाउपालिका २ भिमस्थानका श्री भवानि माबि भिमस्थानमा अध्यनरत गरिव तथा बिपन्न परिवारको बिद्यार्थिहरुलाई आज खेलकुुद तथा शैक्षिक सामाग्रि बितरण गरेको छ । परोपकारी युवा संजाल नेपालले एक कार्यक्रमका बिच बिद्यालयमा अध्यनरत गरिब तथा बिपन्न ७३ विद्यार्थिहरुलाई शैक्षिक सामाग्रि वितरण गरेको हो ।
बोलेर होइन गरेर देखाउ भन्ने मुल नाराको साथ बिशुद्ध सामाजिक भाबले काम सुरु गर्न थालेको अभियान्ता रमेस सापकोटाले बताउनु भयो । परोपकारी युवा संजाल नेपालले देशको बिभिन्न जिल्लाको गरिव तथा बिपन्न परिवारलाई शिक्षा स्वास्थ्यमा सहयोग गर्दै आएको जनाएको छ ।
करिब ५० हजार बराबरको खेलकुद तथा स्टेशनरीको सामाग्रि बितरण गरेको अभियान्ता रमेश सापकोटाले जानकारी दिनुभयो । गरिब तथा बिपन्न बिद्यार्थिहरुलाई ब्याग, कापि,पेन ,पेन्सिल,इरेजर आदि बितरण गरेको हो ।
त्यस्तै बिद्यालयमा आबश्यक खेलकुदको सामाग्रि भलिबल, फुटबल ,ब्याटमिन्टन, डोरी लगाएतको खेलकुद सामाग्रि अभियानका अगुवा यज्ञपुरुष न्यौपानेले बिद्यालयको प्रध्याना ध्यापक पवनराज दाहाललाई हस्तान्तरण गरेको थियो । कार्यक्रमलाई सम्बोधन गदै अभियानका अगुवा न्यौपानेले यस्ता कार्यक्रमले विपन्न दलित समुदायको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार उन्नति प्रगतिको प्रेरणाको स्रोत हुने बताउनु भयो । कार्यक्रममा उपस्थित अभियान्ता, बिद्यार्थि, शिक्षक तथा अभिभाबकलाई बिद्यालयका प्रधानाध्यापक पवनराज दाहाले स्वागत मन्तब्य राख्नु भएको थियो। स्कुलको गरिब तथा बिपन्न बिद्यार्थिलाई सहयोग गरेकोमा खुसि ब्यक्त गर्दै भोलिको दिनहरुमा पनि सहयोेगको अपिल गर्नु भएको छ ।
परोपकारी युवा संञ्जाल नेपालको अगुुवा यज्ञपुरुष न्यौपानकोे अध्यक्षता मा भएको कार्यक्रममा प्रमुख अतिथि तिनपाटन गाउपालिको वडा न २ को अध्यक्ष हेम बहादुर श्रेष्ठ परोपकारी युवा संजाल नेपालको अभियान्ताहरु जगृत चौरेल, युवराज भण्डारी, विसाङ तामाङ लगाएत विद्यार्थि, अभिभाबक,शिक्षकहरुको उपस्थिति रहेको थियो ।