Tuesday 14th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

मैत्रीपूर्ण खेलमा आज नेपालले चाइनिज ताइपेसँग खेल्दै

Thursday, June 6, 2019 National Power

काठमाडौं – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा आज नेपालले चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्दैछ । ताइपेको भूमिमा नेपाली समयअनुसार बेलुकी चार बजेर ४५ मिनेटमा नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल चाइनिज ताइपेलाई उसैको भूमिमा पराजित गर्ने लक्ष्यमा छ । यता, चाइनिज ताइपे भने नेपाललाई सहजै हराउने दाउमा छ ।

यसअघि नेपालले मलेसियासँग उसैको भूमिमा खेलेको मैत्रीपूर्ण खेलमा २९० गोलअन्तरले पराजित भएको थियो । फिफा वरियतामा चाइनिज ताइपे नेपालभन्दा निकै माथि छ । चाइनिज ताइपे १२५ औं र नेपाल १६१ औं स्थानमा छन् । स्वीडेनका योहान कालिनले नेपाली टिम सम्हालेपछि यो उनको चौथो खेल हो । उनकै प्रशिक्षणमा नेपालले यसअघि कुवेतसँग प्रतिस्पर्धा गरेको थियो ।