Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

आर्मीले प्रदेश ३ लाई दियो ३१० रनको लक्ष्य

Wednesday, June 5, 2019 National Power

काठमाडौं – प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपाल आर्मीले प्रदेश ३ लाई ३१० रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३०९ रन बनाएको हो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले उत्कृष्ट ब्याटिङ गरे । उनी ७५ रनमा अविजित गरे । ४२ बलको सामना गरेका उनले पाँच छक्का र पाँच चौका प्रहार गरेका थिए । त्यस्तै, ओपनर राजु रिजालले ५१, रोहितकुमार पौडेलले भने ४३, हरि चौहानले ३८, राजेश पुलामी मगरले २९ र कुशल मल्लले अविजित २६ रनको योगदान दिए । बलिङतर्फ प्रदेश ३ का जितेन्द्रसिंह ठकुरी र नन्दन यादवले समान २–२ विकेट लिए ।