काठमाडौं – प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपाल आर्मीले प्रदेश ३ लाई ३१० रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३०९ रन बनाएको हो ।
आर्मीका लागि कप्तान विनोद भण्डारीले उत्कृष्ट ब्याटिङ गरे । उनी ७५ रनमा अविजित गरे । ४२ बलको सामना गरेका उनले पाँच छक्का र पाँच चौका प्रहार गरेका थिए । त्यस्तै, ओपनर राजु रिजालले ५१, रोहितकुमार पौडेलले भने ४३, हरि चौहानले ३८, राजेश पुलामी मगरले २९ र कुशल मल्लले अविजित २६ रनको योगदान दिए । बलिङतर्फ प्रदेश ३ का जितेन्द्रसिंह ठकुरी र नन्दन यादवले समान २–२ विकेट लिए ।