Saturday 7th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

कलाक्षेत्रमा योगदान पुर्याउदै आएका ४ कलाकारलाई सुभद्रा अधिकारी प्रतिष्ठानद्धारा पुरस्कृत

Sunday, May 19, 2019 National Power

काठमाडौं – कलाक्षेत्रमा रहेर बिभिन्न योगदान पुर्याउदै आएका ४ कलाकार नगदसहित पुरस्कृत भएका छन् । सुभद्रा अधिकारी प्रतिष्ठानले आफ्नो सातौं बार्षिकउत्सव एवं स्रष्टा सम्मान कार्यक्रममा नगद राशी र सम्मानपत्र सहित ४ जनालाई पुरस्कृत गरेको हो ।

राष्ट्रिय नाचघरमा आयोजित एक भव्य कार्यक्रमकाबिच बरिष्ठ अभिनेत्री बसुन्धरा भुसालसहित कुशल नृत्यांगना एवं प्राध्यापक हनि श्रेष्ठ, साहित्यकार सरस्वती श्रेष्ठ ‘सरु’ र समाजसेवी एवं हास्य क्षेत्रका चर्चित जोडी सिताराम कट्टेल र कुन्जना घिमिरे (सुन्तली-धुर्मुस) लाई सम्मान पत्रसहित नगद पन्ध्र हजार पाँच रुपैयाँको दरले पुरस्कृत गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ साहित्यकार एवं चलचित्रकर्मी चेतन कार्कीको हातबाट पुरस्कार वितरण गरिएको थियो । पुरस्कार वितरणपछि आफ्नो सारगर्वित भनाई राख्दै प्रमुख अतिथि कार्कीले पुरस्कृत सबैलाई बधाई तथा शुभकामना व्यक्त गरे त्यस्तै पुरस्कृत सवैले आफुलाई पुरस्कारको लागि योग्य सम्झिएकोमा आयोजकप्रति आभारी हुँदै आगामी दिनमा अझै सशक्त र जिम्मेवारीपूर्वक अगाडी बढ्न प्रेरणा थपिएको बताए ।

कार्यक्रमलाई शिष्ट र कुशलतापूर्वक संचालन गरेका बरिष्ठ कलाकार, लेखक तथा निर्देशक मोहन निरौलालाई पनि प्रतिष्ठानले मायाको चिनो प्रदान गरेको थियो ।

बरिष्ठ चरित्र अभिनेत्री सुभद्रा अधिकारीले आफ्नी आमा स्व. नुरादेवी, स्व.पति कृष्ण प्रसाद अधिकारी र गुरु बद्री उस्तादमा समर्पण गर्दै २०६८ सालमा फाउण्डेशनको स्थापना गरेकी हुन् । फाउण्डेशनका अध्यक्ष सुनिल अधिकारी रहेका छन् ।