Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

बैशाख १४ मा क्यानेडियन फिल्म नेपालमा प्रदर्शनी हुने

Sunday, April 21, 2019 National Power

काठमाण्डौ – नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन तथा संस्कृति आदान प्रदान गर्ने उदेश्यले नेपाल कल्चर पिल्म सेन्टरले एक दिने चलचित्र प्रदर्शनीको कार्यक्रम गर्ने भएको छ । नेपाल चलचित्र विकाश वोर्डको हलमा यहि बैशाख १४ गते विभिन्न संघ संस्थाहरुको साझेदारीमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको फिल्म सेन्टरका अध्यक्ष सन्तोष सुवेदीले बताए ।


नेपाल कल्चरल फिल्म सेन्टरले ”नेशनल क्यानडियन फिल्म डे“ को अवसर पारेर क्यानडियन चलचित्र माउडीको प्रदर्शनी गर्ने भएको छ, उक्त अवसरमा सेन्टरल गत वर्ष आयोजना गरेको पहिलो नेपाल कल्चरल अन्तराष्ट्रिय फिल्म महोत्सव २०१८ मा जुरी अवार्ड विजेता जिल क्लोन र ईसावेल डुप्पे चाभानत द्धारा निर्देशित फ्रान्सेली फिल्म वईभिङ द वल्ड, रोशन विक्रम ठकुरी द्धारा निर्देशित सर्ट फिल्मको क्याटागोरी विजेता नेपाली फिल्म सिल्भर वैङ्गल र उत्कृष्ट वुमेन फिल्म क्याटागोरी अन्तर्गत माधव राज खरेल द्धारा निर्देशित उत्कृष्ट निर्देशनको अवार्ड विजेता नेपाली फिल्म दुर्गामाण्डौको प्रदर्शनी हुने भएको छ ।


प्रदर्शनी कार्यक्रममा कलाकारिता, सांस्कृतिक, पर्यटन र पत्रकारिता विधामा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिदै छ । रिल क्यानडा, क्यानडियन मिसन, पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल), चलचित्र बिकाश बोर्ड, भिजिट नेपाल २०–२०, नेपाल चाईना कैलाश कल्चर प्रमोशन डेभलपमेन्ट एसोसियसन, गोकर्णेश्वर नगरपालिका लगायतका संघ संस्थाहरुले सहकार्यमा उक्त कार्यक्रम सम्पन्न हुदैछ ।