Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

‘प्याकुरेल’लाई सर्वोत्कृष्ट सम्पादक पुरस्कार

Monday, March 4, 2019 National Power

काठमाडौं, २० फागुन – नेपाली वृत्तचित्रका सम्पादक लव प्याकुरेलले दोस्रो नीफमा उत्कृष्ट सम्पादकको पुरस्कार जितेका छन् । अवार्ड कार्यक्रमका पाँच निर्णायक प्यानलको सर्वसम्मत निर्णयबाट प्याकुरेललाई विजयी घोषणा गरिएको हो ।

विजेताहरुलाई प्रमुख अतिथि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ–२०७५),‘सेलिब्रेसन अफ नारेटिभ्स’ भन्ने मूल नाराका साथ सुरु भएको थियो ।नीफको दोस्रो संस्करण यही फागुन २१ देखि २५ गतेसम्म काठमाडौंको सिटी हल तथा पर्यटन बोर्डमा सम्पन्न भएको थियो ।पाँच दिनसम्म चलेको महोत्सवमा ३१ देशका ६० चलचित्रले प्रतिस्पर्धा गरेका थिए । जसमा १६ नेपाली चलचित्र सहभागी थिए ।

सर्वोत्कृष्ट लघु डकुमेन्ट्री सम्पादकको विधामा पाँच जना मनोनयनमा परेका थिए ।प्रतियोगीमा सन्दीप अधिकारी (डाइङ क्यान्डल-नेपाल), अर्घ्यकमल मित्र (अन्दरकाहिनीः सेल्फ एक्साइल-भारत), रसदुज्जमान सोहाग (कोमोला रकेट-बंगलादेश),लव प्याकुरेल (सुपर मंक-नेपाल) र सुविज्ञ सुन्दर श्रेष्ठ (आमा-नेपाल) थिए।

प्याकुरेलले लघु डकुमेन्ट्री‘सुपर मंक’बाट अवार्ड जितेका हुन् । लघु डकुमेन्ट्री फिल्म ‘सुपर मंक’ काल्पनिक कथामा आधारित छ । चलचित्रलाई सेनाङग्याम्जोतामाङले निर्देशन गरेका छन् ।

निर्णायक मण्डलका प्रमुख निर शाहले प्याकुरेललाई उत्कृष्ट अभिनव क्षमताका साथै सम्पादनको अन्तरक्रियात्मक विधि र आधुनिक तथा विशेष प्राविधिक ज्ञान प्रस्तुत गर्नुभएकोले पुरस्कार दिइएको बताए । शाहले भने, ‘यथार्थपरक सम्पादन कला,

प्रस्तुति शैली रहरेक परिदृश्यमा गतिशीलता ल्याउने विशेष क्षमताका कारण प्याकुरेललाई पुरस्कृत गरिएको हो ।’

महोत्सवमा समावेश भएका चलचित्रलाई निर्णायक मण्डलबाट मूल्याङ्कन गरी अवार्ड प्रदान गरिएको थियो ।अन्तर्राष्ट्रिय विधाका उत्कृष्ट फिचर फिल्ममध्ये एकलाई ट्रफी र एक हजार नगद पुरस्कार, गौतम बुद्ध अवार्ड र लघु चलचित्रलाई ट्रफी र पाँच सय डलर नगदसहित सगरमाथा अवार्ड प्रदान गरिएको थियो ।

निर्णायकमा नीर शाह (नेपाल), प्रोफेसर लिङ क्विओ (चीन), प्रेमेन्द्र मजुमदार (भारत), सुश्री एनी डेलसेथ (फ्रान्स) र नवीन सुब्बा (नेपाल) थिए।