
काठमाण्डौ – शुक्रबार राती दशेभरिका एनसेल टावर ध्वस्त पारिएका छन् । कसले किन पारे भन्ने बारेमा प्रहरी प्रशासनले पत्तालगाउन सकेको छैन । नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडि शुक्रबार राति भएको बम विस्फोटमा घाइते मध्ये एकजनाको मृत्यु भएको छ । लमजुङ घर भई ललितपुरको भैसेपाटी बस्दै आएका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो।
घटनामा ललितपुर ४ बागडोल बस्ने २६ को प्रतिक्षा खड्का र काभ्रेको बनेपा घर भई मेडिसिटी अस्पतालमा स्टाफ नर्स रहेकी २५ वर्षीया उरुशा मानन्धरको उपचार भइरहेको प्रहरीले जनाएको छ। उता अछामको ढकारी गाउँपालिका–३ मा रहेको एनसेल टावरमा आगजनी गरिएको छ । आगजनीबाट एनसेलको मोबाइल सेवा अवरुद्ध भएको छ । मध्यराति गरिएको आगजनीबाट साढे दुई मिटर जति तार जलेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
त्यस्तै पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका अम्ररामा रहेको एनसेलको टावरमा पनि राति बिष्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी लिलाराज लामीछानेका अनुसार टावरमा आगलागी भएको बताए । घटनास्थल वरपर पेट्रोल भरिएको सिसा भेटिएको छ । विष्फोटबाट टावर पूर्णरुपमा क्षतिग्रस्त भएको छ।
कञ्चनपुर–कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीमा रहेको एनसेलको टावरमा आगजनी गरिएको छ । आगजनीबाट टावरका तार र मिटरबक्स जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्ण ओझाका अनुसार आगजनी गरिएको क्षेत्रमा जय जनता लेखिएको पर्चा पनि फेला परेको छ ।
पर्चामा ७२ अर्ब कर नतिरेको, सर्वोच्च अदालतको फैसला पनि उल्लंघन गरेको कुरा लेखिएको छ । अहिले सांकेतिक कारवाही गरिएको र यसलाई बेवास्ता गरिए कडा कारवाहीमा जान बाध्य हुने पर्चामा लेखिएको छ । पर्चाको अन्तिममा वैज्ञानिक समाजवाद जिन्दावाद, कर छलुवा एनसेल मुर्दावाद भन्दै जय जनताका नाममा हस्ताक्षर पनि गरिएको छ । नुवाकोट विदुर नगरपालिका २ महामण्डलमा रहेको एनसेल टावरमा प िआगजनि गरिएको छ । ३,४ जनाको समूहमा आएका व्यक्तिले टावर घेरेर राखेको गेटमा ताल्चा फुटाएर मोबिल छेर्केर साढे १० बजे आगो लगाएको स्थानीयवासीले बताएका छन् ।