Friday 6th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

सोसल मिडिया फिल्म अवार्ड २०७५ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

Tuesday, January 22, 2019 National Power


काठमाडौं – सोसल मिडिया फिल्म अवार्ड २०७५को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ। फिल्म निर्देशक संगीता श्रेष्ठ, व्लगरर सम्पादक केपी ढुङ्गाना र फिल्म सम्पादक, एनिमेटर करण थापाको निर्णायक मण्डलले १२ विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरेको हो ड्रिम वर्ल्ड अफ फिल्म मेकर्सुले आयोजन गर्ने अवार्ड कार्यक्रम माघ २७ गते हुने भएको छ। कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष एवं छायाँकार सवनम मुखिया, चलचित्र विकास बोर्डका सदस्य एवं निर्देशक दयाराम दहाल, कलाकार केशव भट्टराईको उपस्थित थिए।

संयोजक रविन आचार्यले अवार्ड औपचारिक र अनौपचारिक शिक्षा लिएका सबैका लागि प्लेटफर्म रहेको बताए। निर्णायक संगीताले अवार्डका लागि सहभागी सर्ट फिल्महरुले राम्रो विषयवस्तु उठाएको बताइन्। उनले भनिन् आज युट्युबले सर्ट फिल्मका लागि प्लेटफर्म बनाइदिएको छ। सर्ट फिल्ममा फरक कथा भेटें। तीन दिनमा सबै सर्ट फिल्महरु हेरौं। कन्टेन, विषयवस्तु हेरेर टप पाँच गरेका हौं।