Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

मदरल्याण्डका विद्यार्थी चेन्नइमा खेल्दै

Tuesday, December 25, 2018 National Power

भक्तपुर – आगामी डिसेम्बर २८ देखि ३० सम्म भारतको चेन्नईमा आयोजना हुन गइरहेको अन्तराष्ट्रिय तेक्वांडो प्रतियोगिता २०१८ मा सहभागी हुन मदरल्याण्ड स्कूल भातेढिकुरका विद्यार्थीहरु भारतको चेन्नई प्रस्थान गरेका छन् ।
तेक्वांडो आइटीएफ नेपालको तर्फबाट सूर्यविनायक नगरपालिका ९ भातेढिकुर भक्तपुरको मदरल्याण्ड स्कुलका खेलाडीहरु चेन्नई प्रस्थान गरेका हुन् । एक कार्यक्रमकाबीच भक्तपुर क्षेत्र नं २ का माननीय सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले खेलाडीहरुलाई नेपालको झण्डा हस्तान्तरण गर्दै बिदाइ गरेका छन् । मदरल्याण्ड स्कुल प्रांगणमा सम्पन्न बिदाइ कार्यक्रममा खेलाडीहरुलाई शुभकामना तथा विदाई गर्दै बस्नेतले विश्वलाई नेपालले जित्ने भनेकै खेलको माध्यमबाट हो भन्दै खेलाडीहरुलाई जितेर आउन प्रेरणा एवं हौसला प्रदान गरेका थिए ।

त्यस्तै सूर्यविनायक नगर पालिका वडा नं। ९ नंखेलका वडा अध्यक्ष उपेन्द्रराज केसीले यस प्रतियोगितामा विजयी भएर आउन शुभकामना दिंदै मदरल्याण्ड स्कुलले खेलक्षेत्रमा गरेको योदानको प्रशंसा गरेका थिए । उनले विद्यालयको सामाजिक कार्यको प्रसंशा गर्दै प्रतियोगितामा सहभागी विद्यार्थी तथा स्कूललाई शुभकामना दिएका थिए । कार्यक्रममा आईटिएफका केन्द्रीय सचिव राकेश राई र केन्द्रीय कोषाध्यक्ष गायत्री खड्काले समेत विदाइ शुभकामना दिएका थिए ।
प्रतियोगितामा मदरल्याण्ड स्कुल कक्षा ९ का १५ वर्षको अमृत माँझीले ४० केजी तौल समूहको स्पारिंग र ब्लू बेल्ट तर्फ, कक्षा १० का १५ वर्षकी अस्मिताले ४५–५० केजी तौल समूहको स्पारिंग र ब्लू बेल्ट तर्फ, कक्षा ९ का १५ वर्षकी सोनिशा त्यातले ४० केजी र ग्रीन बेल्ट तर्फ, कक्षा ८ उमेर १३ वर्षकी सुरक्षा थापाले ३५–४० केजी स्पारिगं र ग्रीन ब्लू बेल्ट तर्फ प्रतिस्पर्धा गर्ने छन् साथै काभ्रेका रूपक खड़काले १४ वर्ष उमेर समूहको ४५ केजी तौल स्पारिंग र ब्लू देखी रेड बेल्ट समूहको तर्फ प्रतिष्पर्धा गर्नेछन् ।

यस अगाडि गत शनिवार तेक्वांडो आई टि एफ नेपाल का संस्थापक अध्यक्ष तथा अन्तराष्ट्रिय ए क्लास रेफ्री लक्ष्मण बस्नेत सल्लाहकार, आंग तेम्बा शेर्पा र खेलाडि रूपक खड़का चेन्नई प्रस्थान गरिसकेका छन । प्रतियोगितामा टिम मेनेजर मदरल्याण्ड स्कुलका प्रिन्सिपल संजय खड्का रहनेछन् । लक्ष्मण बस्नेतले प्रतियोगिताको टुर्नामेन्ट निर्देशकको भूमिका निर्वाह गर्ने छन् ।