Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

ज्वालामुखी बिस्फोटनपछि सुनामीः इन्डोनेसियामा मृतकको संख्या एक सय ६८ पुग्यो

Sunday, December 23, 2018 National Power

बीबीसी – इन्डोनेसियाको सुन्डा स्ट्रेट (खाडी) नजिकैको तटीय इलाकामा सुनामीका कारण मृत्यु हुनेको संख्या एक सय ६८ पुगेको छ । सरकारको भनाई अनुसार कम्तिमा सात सय घाइते भएका छन् भने थुप्रै हराइरहेका छन् । प्रभावित इलाकामा पनि अहिले पनि आपतकालीन सेवा पुर्याउने कोसिस गरिँदैछ ।

देशको प्रकोप व्यवस्थापन एजेन्सीका अनुुसार दुई व्यक्ति हराइरहेका छन्, दर्जनौं भवन क्षती भएका छन् भने पाँच सय ८५ घाइते भएका छन् । मृतकको संख्यामा वृद्धि हुनसक्ने बताइएको छ । क्रिकाटोआ ज्वालामुखी बिस्फोट भएपछि समुन्द्र भित्र भएको भुस्खलनका कारण सुनामी आएको हुनसक्ने अनुमान गरिएको छ ।

सुन्डा स्ट्रेट, जावा र सुमात्रा द्वीपबीच अवस्थित छ जसले जावा सागरलाई हिन्द महासागरसँग जोड्छ । पान्डेगलांग, दक्षिण लामपुङ र सेराङ क्षेत्रमा अत्यधिक क्षती भएको बुभिएको छ । प्रकोप व्यवस्थापन एजेन्सीका अनुसार शनिबार पूर्णिमा भएकाले पनि समुन्द्रको छाल निकै माथिसम्म उठेको हुनसक्छ ।