काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले युनिभर्सल पिस फेडरेसन (यूपीएफ) ले काठमाडौंमा आयोजना गरेको एसिया प्यासिफिक समिटको भिडियोले भ्रम सिर्जना गराएको भन्दै आक्रोस पोखेका छन् । साथै उनले फेडरेसनलाई नेपालमा प्रतिबन्ध लगाउन समेत माग गरेका छन् । फेडेरशनले हालै सार्वजनिक गरेको एक भिडियोमा नोभम्बर २२ ,२००५ मा नेपालमा यूपीएफ उद्घाटन भ्रमण भएको र उक्त दिनलाई नेपालको संसदले राष्ट्रिय शान्ति दिवस घोषणा गरेको उल्लेख छ । तर, थापाले संसद् नै नभएको ०६२ मंसिर ७ गते कसरी संसदले शान्ति दिवस घोषणा गर्यो भन्दै प्रश्न उठाएका छन् । बरु उक्त दिन दिन ऐतिहासिक शान्ति सम्झौता भएको स्मरण गराएका छन् । शान्ति सम्झौता भए पनि शान्ति दिवस भनेर संसदले घोषणा नगरेको उनको भनाइ छ ।
‘युनिभर्सल पिस फेडरेशन उद्घाटन टूर कहिले, कसले गर्यो, त्यो विषयमा हाम्रो कुनै चासो छैन’, थापाले फेसबुकमा स्ट्याटस लेखेका छन्, ‘नेपालमा नोबेम्बर २२, २००५ अर्थात वि.सं २०६२ मंसिर ७ गते संसद् नै थिएन । बरु त्यो दिन ऐतिहासिक १२ बुँदे समझदारी भएको थियो । यो आफैंमा झुटो, कपोलकल्पित र बदनियतपूर्ण छ ।’ यसले
एकनाथ ढकालले ‘जिससकी एकमात्र छोरी ‘घोषणा गरेकी हक जा हन मुन लाई’ सबैले जिससकी छोरीको रुपमा स्वीकार गरेको दाबीप्रतिसमेत आपत्ति जनाउँदै यसले नेपाली जनताको अपमान गरेको बताएका छन् ।
यूनिभर्सल पिस फेडरेसनले नेपालको मौलिकता र संस्कृतिमा हस्तक्षेप गर्दै संविधानको बर्जित कार्य गरेकाले अबिलम्ब यसलाई नेपालमा प्रतिबन्ध लगाउन माग गरेका छन् । उनले अन्य धार्मिक संस्थाहरुले पनि फेडरेसनको सिको गरेर गतिविधि सञ्चालन गर्न सक्ने भन्दै त्यस्ता संस्थाप्रति कारबाही गर्न माग गरेका छन् ।