काठमाण्डौ – बिगत लामो समयदेखि गायन क्षेत्रमा निरन्तर लागिरहेका गायक रमेश श्रेष्ठ र गायिका सहिमा श्रेष्ठको संयुक्त आवाजमा रहेको बिल्कुलै नया डान्सिंग गीत ‘ नक्कली ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
केहि महिना अघि लिरिकल भिडियो सार्वजनिक गरि चर्चामा रहेको यस गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । सार्वजनिक यस गीतकार अम्बिका गुरुङको शब्द रचना रहेको छ भने गीतलाई अशोक महर्जनले मिक्सिंग गरेका छन् भने गीतलाई संदीप कार्कीले एरेन्ज गरेका हुन् । भावसंसार ईन्टरटेर्मेन्त एलएलसीको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियो निकै आकर्षण बनेका छन भने यस गीतको भिडियोलाइ क्यामेरामेन अभिनास महर्जनले खिचेका छन ।
कोरियोग्राफर राहुल बराइलीले कोरियोग्राफी र निर्देशन गरि तयार गरिएको यस गीतको म्युजिक भिडियोमा मोडल नबिन,आरुषी र राहुलले निकै मोहक र आकर्षण अभिनय प्रस्तुत गरेका छन र यस गीतको म्युजिक भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका छन् ।